सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २५, २०८०, Khotang

Image

खोटाङमा ‘दुर्व्यसनी विरुद्ध आमाहरु’ अभियान शुरु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा दुर्व्यसनलाई निरुत्साहित गराउन  ‘दुर्व्यसनी विरुद्ध आमाहरु’ अभियान सुरु भएको छ । दुर्व्यसनबाट समाजलाई बचाउन सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरुवात गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा शनिवार “दुर्व्यसनी विरुद्ध आमाहरु“ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा शनिवार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रभातफेरी शुरु गरेर रत्नपार्कमा आई समापन गरिएको थियो ।

वालकको पहिलो पाठशाला नै आमाको काख हो भनिन्छ र त्यही वालक भोलिका राष्ट्रको कर्णधार हुन् । यसै शास्वत सत्यलाई आत्मसात गरी हरेक आमाहरुको समाजलाई कस्तो सन्तति प्रदान गर्ने भन्ने ठूलो भूमिका रहन्छ । उनै आमाहरुको सहयोगबाट दुर्व्यसनलाई निरुत्साहित गर्न यो अभियान शुरु गरिएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको भनाई छ । 

प्रभात फेरि रत्नपार्क पुगेर जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ पुरुषोत्तम खड्काको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख वीशन राईको प्रमुख आतिथ्यतामा सचेतामूलक कार्यक्रम भएको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर बम, उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य लगायत अन्य पदाधिकारीहरु, महिला अधिकारकर्मी, रेडक्रस सोसाईटीका पदाधिकारी, विभिन्न आमा समुह, स्वास्थ्यकर्मी, संचारकर्मी स्थानीय भद्र भलाद्मी लगायत ७० जना बढिको सहभागिता रहेको थियो ।

कोशी प्रदेश अन्तर्गतको यो अभियान खोटाङका प्रत्येक पालिकाहरुमा सञ्चालन गरिने प्रहरी कार्यालयले जनाएको छ । 

         कार्यक्रमका केही झलकहरु

p
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

Horoscopes Icon

All Horoscopes