सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २५, २०८०, Khotang

Image

दिप्रुङका १३ महिलाहरुको पाठेघर सम्बन्धि समस्याको सफल शल्यकृया

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १३ जना  महिलाहरूको पाठेघर खस्ने समस्याको सफल शल्यकृया भएको छ । गाउँपालिकाको पहलबाट काठमाडौँस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, थापाथलीमा उहाँहरुको पाठेघर सम्बन्धि समस्याको सफल शल्यकृया भएको हो  । 

गाउँपालिकाबाट बिरामीको शल्यकृया अगाडि आवश्यक सम्पूर्ण औषधी उपचार, विभिन्न शारीरिक परिक्षण (रगतको जाच, दिशा पिसाव जाँच, (Echo,ECG,X-ray) बिरामी र विरामीको संरक्षकलाई आतेजाते खर्च, खाना तथा बासको व्यवस्था गरिएको थियो भने अस्पतालमार्फत निःशुल्क शल्यकृयाको व्यवस्था गरिएको थियो ।महिलाहरुको पाठेघरको समस्या पहिचान र उहाँहरुलाई उपचारको लागि मानसिक रुपमा तयार गराउन पालिकाले ‘उपाध्यक्षसँग कार्यक्रम’ मार्फत सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको थियो । 

गाउँपालिकाको ‘उपाध्यक्षसँग कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा सरोकारवाला संस्थाहरू र सम्बन्धित व्यक्तिहरूसँग अन्तकृया, दोस्रो चरणमा प्रजनन रुग्णता सम्बन्धि शिविर संचालन,

महिलाहरूको  पाठेघरको जाँच, रिङ प्रेसरी राख्ने, शल्यकृया गर्नुपर्ने पाठेघर खस्ने समस्या भएका महिलाहरूको पहिचान गरिसकेपछि  तेस्रो चरणमा ( चैत्र ५–२३ सम्म) १३ जनाको सफल शल्यकृया गरिएको पालिका उपाध्यक्ष अरुणा थापा मगरले बताउनुभयो ।

१६ जना बिरामी मध्ये २ जनाको प्रारम्भिक जाँचमा डक्टरको सल्लाह अनुसार औषधि सेवन मार्फत नै उपचार हुने भएकोले शल्यकृया गर्न नपरेको जनाइएको छ भने १ जनाको दीर्घ रोगी भएको कारण शल्यकृया नगरिएको थाहा भएको छ ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes