सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २८, २०८०, Khotang

Image

खार्मीका अग्निपीडत परिवारलाई राहत प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका अग्निपीडित परिवारलाई खाध्यान्न तथा राहत सामाग्री उपलव्ध गराइएको छ । खार्मीस्थत गैरीखानीका भुपेन्द्र विकको घरमा मंगलवार विहान ६ः३० बजे विद्युत सर्ट भएर घरमा आगलागी भै क्षति पुग्न गएको हुँदा अग्निपीडित परिवारलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका  र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट खाध्यान्न र राहत सामाग्रीहरु उपलव्ध गराइएको हो । 

विद्युत सर्ट भई आगलागी हुँदा विकको ढुंगामाटोको गारो र खरको छानो भएको एक तल्ले घर, घरभित्रका भाडावर्तन, अन्नपात, लत्ताकपडा, ४० वाटको सोलर पाता, कुखुरालार्ई दाना पानी दिने भाडा ६ सेट र नगद रु. १० हजार जलेर नष्ट भएको थियो । खेति किसान गरेर आफ्नो जिविका चलाउने विकको घर जल्दा रु.चार लाख ५० हजारको क्षति भएको  जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ । 

आगलागीका कारण आश्रय विहिन हुनपुगेको विक परिवारलार्ई तत्काल नगरप्रमुख तीर्थराज भट्टराई तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशी आजै (बुधवार) विहान घटना स्थलमा पुगेर राहत उपलव्ध गराउनु भएको थाहा भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट राहत स्वरुप स्टिम चामल २ बोरा, मुसुरी दाल २ केजि, कालो दाल २ केजि, आयोडिन नुन २ केजि, तेल १ कार्टुन उपलव्ध गरिएको नगर प्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभयो । 

यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट पनि  गैर खाध्य सामाग्रीहरु प्रदान गरिएको छ । रेडक्रसबाट त्रिपाल १ वटा, कम्बल २ वटा, भाँडा १ सेट,  प्रिन्ट कपडा १ सेट, सादा कपडा १ सेट, सारी २ सेट, सुटिङ कपडा १, डोरी १ मुठा, बोरा १ वटा,  बाल्टिन १ वटा उपलव्ध गराईएको नेपाल रेडक्रस शाखाका सभापति ज्ञानेन्द्र जोसीले जानकारी दिनु भएको छ । 

सबै मिलेर यो दैवी विपदको घडीमा अग्निपीडित परिवारलाई सकेको स्थानीयवासी मिलेर सहयोग गर्ने वडाध्यक्ष ईखबहादुर राईले बताउनुभयो ।

 

[ यो पनि-खोटाङको विभिन्न स्थानमा आगलागीबाट क्षति }
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes