सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १०, २०८१, Khotang

Image

खोटाङका विभिन्न स्थानमा आगलागीबाट क्षति


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको विभिन्न स्थानमा आगलागीबाट क्षति पुगेको समाचार प्राप्त भएका छन् । दिप्रुङचुइचुम्मा गाउँपालिका—५ सप्तेश्वर छितापोखरीस्थित खुदुर्केका शमशेरबहादुर खड्का र छोरा दिपक खड्काको घर बैशाख ९ गते राती करिव १० वजे आगलागीबाट पूर्ण क्षति पुगेको थाहा भएको छ । 

छोरा दिपक खड्का र बाबु शमशेरबहादुर छुट्टभिण्ड भएपनि वरण्डा निकालेर एउटै घरमा रहदै आएका थिए । 

आगलागीबाट छोरीको सोही दिन विहे गरेर छोरी ज्वाईलाई उपहार स्वरुप प्रदान गरिएका विहेका सामानहरु समेत जलेर नष्ट भएको जनाइएको छ । त्यस्तै घरमा भएका अन्नपात तथा अन्य सामानहरु सबै जलेर क्षति पुगेको सप्तेश्वर छितापोखरीका कांग्रेस सभापति रमेश खड्काले बताउनुभयो । आगलागीवाट मानवीय क्षति भने हुन पाएन ।

पालिकाकेन्द्रमा रहेको नेपाल प्रहरी, छितापोखरीचौकीका प्रहरी तथा पालिका प्रहरी र स्थानीयवासीहरु मिलेर मध्यरात कटेपछि करिव १ वजेतिर आगोलाई नियन्त्रणमा लिएको वडा कांग्रेस सभापति खड्काले बताउनुभयो । घरमा विध्युत शर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

यस्तै बैशाख ९ गते नै अर्कोठाउँमा पनि आगलागीबाट क्षति पुगेको थाहा भएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको मानदातास्थित महनकला सामुदायिक वनमा लागेको डढेलोले स्थानीय अम्बिका कार्कीका गोठ, भान्सा घर र ६ वटा गाई जलेर क्षति पुगेको छ ।

आईतबार अपरान्ह ३ बजे वनमा लागेको डढेलो अनियन्त्रित हुँदा सोही ठाउँकी अम्बिकाको खरको छानो भएको एकवटा गोठ, टिनको छानो भएको एकवटा भान्साघरमा आगलागी हुँदा गोठमा बाँधेको ६ वटा गाई, भान्साघर र भान्साघरभित्र रहेको अन्नपात, भाडावर्तन पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी पाँच लाख वरावरको क्षति भएको प्रहरी श्रोतले जनाएको छ ।

स्थानीयवासी र प्रहरीले आगोलाई साँझ ६.३० वजे पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । आगलागीवाट मानवीय क्षति भने पुगेको छैन ।
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

Horoscopes Icon

All Horoscopes