सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १८, २०८१, खोटाङ

Image

दिक्तेलबजारमा राष्ट्रिय कविता प्रतियोगिताको आयोजना हुने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत आगामी जेष्ठ ३ गते खुला राष्ट्रिय कविता प्रतियोगिताको आयोजना हुनेभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वैशाख–३१ देखि जेठ–१० गतेसम्म दिक्तेलमा सञ्चालन गर्न लागेको बृहत् महोत्सव अन्तरगत जेठ–३ गते खुला राष्ट्रिय कविता प्रतियोगिताको आयोजना हुने भएको हो ।

खुला राष्ट्रिय कविता प्रतियोगितामा सहभागी हुने प्रतियोगीले यही वैशाख मसान्तभित्र रचना बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

साहित्य विधातर्फ आयोजना गर्न लागिएको खुला राष्ट्रिय कविता प्रतियोगिताका लागि प्रतियोगीले देवनागरी लिपिमा रचना बुझाउनुपर्ने सह–आयोजक टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङका अध्यक्ष भोगेन राई ‘एक्ले’ले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

प्रतियोगिताका लागि साहित्यकार रामबिक्रम थापाको संयोजकत्वमा वेदीकुमार राई र बम बानियाँलाई सदस्य राखेर निर्णायक मण्डल गठन गरिएको छ । प्रतियोगीका लागि रु.५५५ प्रवेश शुल्क निर्धारण गरिएको जनाइएको छ ।

प्रतियोगीले आफ्नो रचना ईमेल तथा ह्वाट्सअप मार्फत उपलब्ध गराउन सक्ने सह–आयोजक टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले जनाएकोे छ ।

राष्ट्रिय कविता प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ स्थान हाँसिल गर्ने प्रतियोगीलाई क्रमशः रु.४० हजार, रु.२५ हजार, रु.१७ हजार, रु.११ हजार र रु.७ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने कविता प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता समापन कार्यक्रममा सह–आयोजक टेम्के तुवाचुङ प्रतिष्ठानले साहित्यकार जसराज किरातीलाई नगद रु ११ हजार १११ सहित सम्मान गर्ने जनाएको छ । यस्तै, मुन्दुम अध्यता भोगीराज चाम्लिङले किराँत दर्शन तथा डिआर पाखरेलले जोसमणि सन्तदर्शन सम्बन्धी दुईवटा कार्यपत्रसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

चन्दा संकलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु.५२ लाख खर्च हुने आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको जनाइएको छ ।

[ यो पनि - वृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव सफल गराउन मूल आयोजक समितिका साथै विभिन्न उपसमिति गठन }
 

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित सूर्योदय कृषि...

हलेसीन्युजडेस्क, खोटाङ / किराँत राई चाम्लिङ खाम्वातिमले किराँत सँस्कृति अनुसार नाचिने...

‘स्थानीय वस्तुहरुको चिनारी र संस्कृति झल्कने मौलिक संरचनाहरुको विकास गर्नु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवजारस्थित श्री सरस्वती...

Horoscopes Icon

All Horoscopes