सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ११, २०८१, Khotang

Image

वृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव सफल गराउन मूल आयोजक समितिका साथै विभिन्न उपसमिति गठन


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको सदरमुकाम दिक्तेलवजारमा आगामी बैशाख ३१ गतेबाट हुन लागिरहेको बृहत खोटाङ-हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव-२०८१ लाई व्यवस्थित र प्रभावकारी ढंगबाट सफल गराउन मूल आयोजक समितिका साथै अन्य उपसमितिहरुको गठन गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सवलाई व्यवस्थित र प्रभावकारी ढंगबाट सफल गराउन सोमवार जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षीय बैठकबाट जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समारोह समिति तथा अन्य ९ वटा थप उपसमितिहरुको गठन गरिएको हो ।

आगामी बैशाख ३१ गते उद्घाटन भई शुरु हुने बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव जेष्ठ १० गतेसम्म सञ्चालन हुने नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जनाएको छ । सर्वपक्षीय बैठकबाट मूल आयोजक समारोह समितिको सदस्य सचिवमा प्रतिष्ठानका अध्यक्ष सञ्जय कुमार राई रहने निर्णय भएको छ ।  यस्तै सर्वपक्षीय बैठकबाटै महोत्सवलाई चुस्त दुरुस्तका साथ सम्पन्न गराउन विभिन्न ९ वटा उपसमितिहरु गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा शान्तिसुरक्षा व्यवस्थापन, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीको संयोजकत्व तथा वरिष्ठ कराते प्रशिक्षक विचारी तामाङ सहसंयोजक एवं फुटवल भलिवल प्रशिक्षक  सागर राई सदस्य रहने गरी अतिथि स्वागत सत्कार उपसमिति, नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाको संयोजकत्वमा साँस्कृतिक झाँकी व्यवस्थापन उपसमिति गठन गरिएको जनाइएको छ ।

 यसैगरी स्वास्थ्य कार्यालय खोटाङको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, सोनाम हाङ राईको संयोजकत्वमा ध्वनि व्यवस्थापन उपसमिति, तेक्वान्दो प्रशिक्षक मोहन राईको संयोजकत्वमा संवयंसेवक व्यवस्थापन उपसमिति तथा दिपक श्रेष्ठ र मिलन कसजु रहने गरी सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

मूल आयोजक समारोह समितिको आगामी बैठकले महोत्सवका लागि आवश्यकीय अन्य विविध निर्णय र आवश्यकता अनुसार अन्य उपसमिति गठन गरिने श्रोतले जनाएको छ ।

करिव रु.५२ लाख खर्चमा सम्पन्न हुने आयोजकको आँकलन रहेको यो महोत्सव जिल्लामा खेलकुद लगायत अन्य विधाहरु समेत समेटिएर आयोजना हुन लागेको पहिलो महत्वपूर्ण कार्यक्रमका रुपमा लिइन थालिएको छ ।

महोत्सवका माध्यमबाट जिल्लामा खेलकुद तथा अन्य विधागत क्षेत्रहरुमा जिम्मेवार नेतृत्वहरुको अझ ध्यानाकर्षण हुनुका साथै खेलकुद र पर्यटनलाई एकै साथ अगाडि बढाउदै राष्ट्रिय अन्तराष्ट्रिय जगतमा खोटाङको छुट्टै पहिचान स्थापित गराउन सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ  ।
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

Horoscopes Icon

All Horoscopes