सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १८, २०८१, खोटाङ

Image

डढेलो लगाउने अपराधकर्मीलाई गुल्मीले पाठ सिकाउदै


हलेसीन्युजडेस्क, खोटाङ /

सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो र आगजनीका घटनाहरु घटिरहेकाछन् । निमेषभरमा करौँडो सम्पतिको क्षति भैरहेको छ । कति ठाउँमा डढेलोका कारण मानव क्षति समेत भएको छ । कैयौँ घाइते भएका छन् । सैयौँ वेघर र विस्थापित हुन पुगेका छन् । तर डढेलोबाट यति विघ्न उत्पात भैरहदा पनि डढेलो कसरी लाग्यो, कसले लगायो भनेर पत्ता लगाउन या लगाउने चेष्टा भैरहेको पाइदैन ।

सरकारी निकाय, स्थानीय समुदाय र सरोकारवालाहरुले सुक्ष्म पहलकदमी गरिएमा त्यस्ता अपराधकर्मीहरु कतिन्जेल छिपेर बस्न सक्छन् र । तर यतातिर कसैको ध्यान नगएर हो वा पारस्पारिक मलकाज र मोलाहिजाले त्यस्ता कामकर्म गर्नेहरु कानूनको पहुँचभन्दा बाहिरै रहन पुगेका हुन् । यो दुःखलाग्दो पाटो बनेको छ ।

तर गुल्मीमा भने आगो लगाएको आरोपमा लामो प्रयत्नपछि २ जनालाई पक्राउ गरिएको खवर प्राप्त भएको छ । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी छन् ।

डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको हो । आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्विकारि सकेको कार्यालयको भनाइ छ ।

डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरका अनुसार उनीहरुलाई नेटा बजारबाट वैशाख १७ गते पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।

पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताउनुभयो । वनजंगलमा मानवीय कारण आगलागी हुँदा त्यसले ठूलो क्षति पु¥याउने उहाँको भनाइ छ ।

गुल्मीमा आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको र डढेलो लगाउने क्रम अरु बढ्दै गएकोमा चिन्तित बन्दै यसको निगरानीमा ठूलो कसरत गर्नु परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्यरूपमा पुरस्कार प्रदान गर्ने नीति समेत अख्तियार गर्नुपरेको कार्यालय को भनाई छ ।

जिल्लामा आगालागीका घटना न्यूनीकरण गर्न जनचेतनामूलक प्रचार सामग्री सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण भैरहेको पनि डिभिजन वन कार्यालय गुल्मीका डिभिजन वन अधिकृत ठाकुरको भनाई उद्घृत गरिन्छ । 

अन्य जिल्लामा पनि यसरी जंगलमा डढेलो लगाएर सखाप बनाउने उपर कडा निगरानी र कानूनी दायरामा ल्याउन सके केही हदसम्म डढेलोको प्रकोपलाई न्युनिकरण गर्न सकिने आम भनाई रहेको छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पास्थित जनसेवा नगर अस्पतालको...

हलेसीन्यजुडेस्क, खोटाङ / खोटाङमा सञ्चालन भैरहेको वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

Horoscopes Icon

All Horoscopes