सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ९, २०८१, खोटाङ

Image

साकेलामा मानव अधिकार आयोगद्धारा एकदिने शैक्षिक छलफल कार्यक्रम सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /  

खोटाङको साकेला गाउँपालिकामा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङको आयोजनामा ‘शिक्षा र मानव अधिकार’ भन्ने मुल नाराका साथ अनिवार्य निःशुल्क, गुणस्तरीय, आधारभूत शिक्षाको अधिकार सम्बन्धि एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । साकेला गाउँपालिकासँगको समन्वयमा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङले पालिका कार्यालयमा जेष्ठ ८ गते अनिवार्य निःशुल्क, गुणस्तरीय, आधारभूत शिक्षाको अधिकार सम्बन्धि छलफल कार्यक्रम आयोजना गरेको हो ।

नेपालको संविधान २०७२ ले नागरिकहरुको मौलिक हक अन्तर्गत शिक्षा सम्बन्धि हकको प्रत्याभूत गरे अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको कार्यान्वयन गराउन राज्यको दायित्व रहेको राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङका उपसचिव गीता दाहाल बताउनुहुन्छ । सोही कुरालाई प्रतिविम्वत हुने गरी  साकेला गाउँपालिकामा मंगलवार अनिवार्य निशुल्क गुणस्तरीय आधारभूत शिक्षाको अधिकार सम्बन्धि सराकारवालाहरुसँग एकदिने छलफल कार्यक्रमको आयोजना गरिएको उहाँले खुलाउनुभयो ।

छलफल कार्यक्रममा  साकेला गाउँपालिकाभित्रका २८ वटा सामुदायिक बिध्यालयहरुबाट २८ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, साकेला गाउँपालिकाका शिक्षा शाखा प्रमुख, आयोगका कर्मचारीहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय अभिभावकहरुको उपस्थिति  रहेको थियो ।

मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङको उपसचिव दाहालले कार्यक्रमको उद्धेश्य र औचित्यका बारेमा स्पष्ट पार्नुभएको थियो ।
 

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

Horoscopes Icon

All Horoscopes