सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २९, २०८१, खोटाङ

Image

किरात आदिम भूमि तुवाचुङ–जायजुममा भव्य साकेला सिलि प्रदर्शनी


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसीतुवाचुङ नगरपालिका–७ स्थित किरातहरुको आदिम भूमि तुवाचुङ जायजुम पवित्र स्थलमा किराँत सँस्कृति अनुसार भव्य साकेला सिलि प्रदर्शनी गरिएको छ । उक्त स्थानमा किराँत सँस्कृति अनुसार साकेला उभौलिको अवसर पारेर तुवाचुङ–जायजुम संरक्षण समितिको आयोजनामा जेष्ठ २९ गते मंगलवारका दिन तीन चुल्हाको पुजा गरी भव्य साकेला सिलि प्रदर्शनी गरिएको हो ।

किराँत आदिम भूमि तुवाचुङ  : प्रकृति र परिवेशका केही झलकहरु  

p

अनेकन मिथकहरुले किराँत सभ्यताको प्रादुर्भाव यहीँ तुवाचुङ जायजुमबाट भएको वकालत गर्दछ । किराँतीहरुका आदिम पुर्खा रैछाकुले र उनका दुई दिदीहरु तयामा खियामाले कपास उत्पादन गरी त्यसबाट कपडा बुन्न थालेको किंवदन्तिहरु चर्चित छन् । त्यहाँ अझपनि कपडा बुन्न प्रयोग गरिने ढुंगाका सामाग्रीहरु देख्न पाइन्छ । तान बुन्न प्रयोग गरिने साधनहरुको स्वरुप भएका कतिपय ढुंगाहरु संरक्षणका अभावमा टुटेफुटेका छन् । पछिल्लो कालखण्डमा यो पुरातात्विक एवं ऐतिहासिक थलोको संरक्षण र प्रचार प्रसारमा मानिसहरुको ध्यान जान थालेको पाइन्छ । रैछाकुले र तयामा खियामाको प्रतिमा समेत निर्माण गरी यसको महत्वलाई थप उजागर गर्ने संस्थागत प्रयत्नहरु भैरहेको पाइन्छ ।  प्रशिद्ध धार्मिक स्थल हलेसीमहादेवस्थानबाट केही दुरि उत्तर पूर्वी भागमा अवस्थित तुवाचुङ जायजुममा मध्यपहाडी लोकमार्गबाट डेढदुई सय मिटर उकालो चढेपछि पुग्न सकिन्छ ।

    मध्यपहाडी लोकमार्गबाट सिढी चढ्दै 

केही वर्ष अगाडिदेखि सो ठाउँमा राई समुदायका साथै अन्य जात जातीका मानिसहरु समेत भेला भएर तुवाचुङ डेका रुपमा साकेला सिलि प्रदर्शनी गर्ने परम्परा शुरु भएको हो ।

तुवाचुङ–जायजुम संरक्षण समितिको आयोजनामा भएको साकेला सिलि प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बू लगायतबाट आएका १३ समूहले ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै सिली प्रदर्शन गरेका छन् । तुवाचुङ–जायजुममा आयोजना गरिएको बृहत साकेला सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले गर्नुभएको थियो ।

किराँत सँस्कति अनुसार तायचुङ जायजुममा भव्य किराँत साकेला सिलि प्रदर्शनी गरिने दिन भनेर हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ डे’ का रुपमा जेष्ठ २९ गतेका दिन स्थानीय विदाको समेत निर्णय गरेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes