सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

जेठ ३१, २०८१, खोटाङ

Image

जिन्दगीको भ्रम


  • शेरबहादुर बस्नेत

हिमाल ठडिरहेकै छ,
आफ्नो शीर उच्चो पार्दै ।
नदि बगिरहेकै छ,
सारा भूमि सिंचाइ गर्दै ।
आकाश शान्त छ, युगौं युग देखि,
मान्छे जन्मेको छ, अनि मरेको पनि छ,
हिजो, आज र भोलि कालान्तरसम्म 
नित्य प्रकृति जो चलिरहेकै छ ।

पाहुनारूपि जिन्दगीमा ,
बदलिँदा रहरहरु अनि पूरा नहुने सपनाहरु, 
देख्नु र देखाइनु पनि धिक्कार रहेछ ।
कहिल्यै नभेटिने आकाश छुन खोज्नु,
अनि मनले छोएको अनुभूत गर्नु,
टिप्न नसकिने सागरको मोती टिप्न खोज्नु,
अनि मनले टिपे झै सम्झनु,
सूर्यलाई हत्केलाले छेक्न खोज्नु,
अनि छेकेको भान पर्नु,
आकाशका तारा टिपेर दिन्छु भन्नु,
अनि दिएको झै गर्नु,
पूरा गर्न नसक्ने सपना बाड्नु,
अनि खुशी हुनु,
बस, यी त केवल जिन्दगीका भ्रम न रहेछ्न ।

सत्कर्मको बाटो हिड्यो हिडेन छुट्याउने त,
हामीभित्रको मन रहेछ,
मान्छेलाई ठूलो सानो भनी विभेद गर्ने त,
आफूसँगको धन रहेछ,
हिजो जन्मदा कसैले केही ल्याएन,
नाङ्गो शारीर न हो आएको,
भोलि मरेर जाँदा पनि केही लाँदैन ।
फगत नाङ्गै जाने हो ।
जस्तो आयो तेस्तै जाने हो भन्ने जान्दा जान्दै,
अधर्म, असत्य र कुकर्म के का लागि ?
यो त केवल जिन्दगीको भ्रम न हो ।
फगत यो जिन्दगीको भ्रम न हो ।

        ३० जेठ २०८१
(रावा वेसी –४, डुम्रेधारापानी, खोटाङ)

 

[ यो पनि-एक युगको चिहान  }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes