सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

जेठ २८, २०८१, Khotang

Image

एक युगको चिहान


  • शेर बहादुर बस्नेत

          
          सानोमा जब बाको काखमा हुँदा
          आमाले को खाई को खाई गर्दै
          खुवाएको त्यो मीठो परिकार
          आमाले हात दिँदा बाको काँधबाट 
          हाम फाल्दै झरेको जिन्दगी पो जिन्दगी त ।

कतै टाढा गइ आउँदा बाआमाले 
गोजिबाट झिकेर दिएको चकलेट पाउँदा
संसारभरको खुशी सङ्गालिएको 
त्यो उन्मुक्त हाँसोको जिन्दगी पो जिन्दगी त।

             जब सहर पसें, रहर र सपना
             एकाएक जीवन कठिन बन्यो,
             सम्झें गाउँमा कंचन निश्चल बगिरहने 
             त्यो सानो खोला,
            आवाज भने कति ठूलो 

तर सागर,
त्यतिका पानी बोकेर पनि किन शान्त छ ?
राति जुनकीरी पिलपिलाउँदै डुल्छ,
अनि आकाशमा जुन हेर्छु
ताराहरुलाई पनि आखाभरि नियाल्छु।
खुशी हुन्छु,
सायद त्यो पूर्णिमाको रात हुनुपर्छ,
सम्झन्छु, जुनले पनि औंसीको रात किन बेहोर्नु छ  ?

                 मेरा अनुत्तरित बनेका कैयौं प्रश्नहरु
                 पोको पारेर सिरानी मुनी कति दिन थन्क्याउँ म ?
                 यही सोच्दा सोच्दै ,
                 जिन्दगीले विश्राम लियो भने
                 मेरो मृत आत्मालाई सुनाइ दिनु
                 रहर, सपना र संघर्षमा बाँच्ने
                 एक युगको चिहान त रहेछ जिन्दगी ।
 

 [ रावाबेसी गाउँपालिका-४ डुम्रे धारापानी, डाडाँगाउ,खोटाङ }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes