सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ३१, २०८१, खोटाङ

Image

अज्ञात रोगका कारण लफ्याङका किसानका खसी बाख्रा मर्न थाले

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसानहरु यतिखेर आज्ञात रोगका कारण आफूले पालेका खसी वाख्राहरु मर्न थालेपछि चिन्तित बन्न पुगेका छन् । केही दिनदेखि लफ्याङका किसानहरुको खसी वाख्राहरु नाकमा सिँगान आउने, श्वास प्रश्वासमा अप्ठ्यारो भै ख्यार ख्यार हुने, घाँस खोले खान नसक्ने भएर तत्काल मर्न थाले पछि चिन्तित बन्न पुगेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु शाखा प्रमुख गणेश आचार्यका अनुसार हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ५ लफ्याङमा मात्र यस्तो समस्या पाइएको थाहा भएको छ । रोग नियन्त्रणका लागि रोग निरोधक एन्टिवायटिक औषधि र भ्याक्सिनको प्रयोग भैरहेको बताउनुभयो ।

तराई वा अन्य ठाउँहरुबाट उन्नत प्रजातिका बोका या पाठोहरु ल्याउँदा निश्चित समयसम्म क्वारेन्टाइनमा राख्नु पर्ने उहाँको भनाइ छ । नगरपालिका पशुशाखा प्रमुख आचार्यको भनाइ छ–‘अन्यथा ती पाठोहरुसँग विभिन्न भाइरसहरु संक्रमण भएर आउने सम्भावना रहन्छ ।’

लफ्याङ काफ्लेगाउँमा मात्र दर्जन बढी खसी, वाख्रा र वाख्राका पाठोहरु मरिसकेको वडा नं. ५ का वडासदस्य गोविन्द बहादुर कटवाल बताउनुहुन्छ । उहाँको पनि ३ वटा खशी र एउटा वाख्रा मरिसकेको बताउनुहुन्छ । यस्तै  स्थानीय बलराम कटवाल, होमराज कटुवाल, केशव कटवालका खसी, वाख्राहरु पनि अज्ञात रोगको शिकार बनेको बताईन्छ ।

मरेका खसीहरुको पोस्टमार्टम पनि गरिएको नगरपालिका पशु शाखा दिक्तेलले जनाएको छ । पशुविज्ञ डाक्टरहरुको भनाईमा इन्टर टक्सोमिया भाइरसका कारण पशु चौपायाहरुमा क्षति पुगेको हो । यसको भ्याक्सिन हाल खोटाङमा उपलव्ध छैन । यो रोगले चौपायाको आन्द्रामा असर पुराउनेहुन्छ । जसको कारणले पाचन प्रकृयामा असर पुग्ने, अत्यधिक ज्वरो आउने र मृत्यु समेत हुने गर्दछ । तत्काल यसको रोकथामका लागि भ्याक्सिन नभएको हुँदा पखालो रोक्ने मेट्रोन इन्जेक्सन, सल्फाइन्जेक्सन र एन्टिवायटिकहरु खुवाउनु राम्रो हुने भेटनरी अस्पताल पशु सेवा विज्ञकेन्द्र उदयपुरको सम्पर्क केन्द्र दिक्तेलमा कार्यरत पशुस्वास्थकर्मी नविन आचार्य बताउनुहुन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पशुसम्बन्धि विज्ञ डाक्टरको नेतृत्वमा आजै पशु स्वास्थयकर्मीहरुको एक टोलि लफ्याङस्थित रोग प्रभावित स्थानमा पठाइने वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताउनुभयो । उहाँहरुले स्थलगत अध्ययन गरेर सोही बमोजिम रोग प्रतिरोधात्मक उपाय अवलम्वन गरिने वडाध्यक्ष घिमिरेले बताउनुभयो ।

भेटनरी अस्पताल पशु सेवा विज्ञकेन्द्र उदयपुरको सम्पर्क केन्द्र दिक्तेलका प्रमुख चन्द्रकिशोर यादवका अनुसार पशुहरुमा लाग्ने इन्टर टक्सोमिया रोगका विरुद्धमा लगाइने भ्याक्सिनका लागि आगामी आर्थिक वर्षमा यथोचित वजेट विनियोजन गर्न पहल कदमी भैरहेको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes