सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १, २०८१, खोटाङ

Image

साकेला उभौलि-२०८१ को विदाईसँगै आज भव्य साकेला सिलि प्रतियोगिता हुँदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलवजारमा आज साकेला सिलि प्रतियोगिता हुदैछ । किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किराँत सेवा समाज दिक्तेल खोटाङको संयुक्त आयोजनामा दिक्तेलको माटिकोरेस्थित खेलमैदानमा आज आषाढ १ गते शनिवार विहान ११ वजेदेखि किराँत सँस्कृति र परम्परा अनुसार साकेला सिलि प्रतियोगिता  हुने भएको हो । 

किरातहरुको महान पर्व साकेला उभौलि २०८१ तथा किराँत एलेसम्वत ५०८४को अवसरमा आयोजना हुन लागिरहेको साकेला सिलि प्रतियोगिताका साथै आजबाट यो वर्षको साकेला उभौलीको समापन समेत गरिने आयोजकले जनाएको छ ।

साकेला उभौली किराँतहरूको महान चाँड हो । प्रत्येक वर्ष बैशाख पुर्णिमा देखि किराँत सँस्कृति र परम्परा अनुसार भव्य रूपमा प्रकृति र भूमिको पूजा गरी साकेला सिलि नाच्दै १ महिना सम्म सोकला उभौलि मनाउने गरिन्छ । 

साकेला समापन सँगै साकेला नाँचमा प्रयोग हुने ढोलझ्याम्टा लगायत सामाग्रीहरु पुजा गरेर थान्कोमा राख्ने चलन छ ।

आज आषाढ १ गते यो वर्षको साकेला उभौलिलाई विदा गर्दै साकेला सिलि प्रतियोगिताको आयोजना गरेर प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरुलाई पुरस्कृत गरिनेछ । 

विभिन्न सिलिमा प्रदर्शनी हुने सहभागीहरुमध्ये प्रथम हुने समूहलाई रु २० हजारका साथ प्रमाण पत्र दिइने जनाइएको छ । त्यस्तै दोश्रो, तेश्रो र सान्त्वना हुने समूहहरुलाई क्रमश, रु १५ हजार, रु १० हजार र रु ५ हजारका साथ प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिहरुले अनिवार्य किराँत भेषभुषा लगाउन पर्ने जनाइएको छ । 

प्रतियोगिताका साथ साकेला सिलि प्रदर्शनी निकै रोचक र भव्य हुने आकलन गरिएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes