सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम

असाड १३, २०८१, Khotang

Image

यायोक्खाको केन्द्रिय कार्यालयमा किराँत राईहरुको जातीय प्रणालिका सम्बन्धमा प्राज्ञिक छलफल


हलेसीन्युजडेस्क, खोटाङ /

किराँत राई यायोक्खाले किराँत राई जातिहरुको जातीय प्रणालिका वारेमा वहस, छलफल, चर्चा परिचर्चाका साथै दस्तावेजिकरणको कामलाई अगाडि बढाइरहेको छ । यहीँ क्रममा किराँत राई यायोक्खाको केन्द्रिय कार्यालय काठमाण्डौँको कोटेश्वरमा आषाढ १२ गते बुधवारका दिन विभिन्न प्राज्ञिक व्यक्तित्वहरुको उपस्थितिमा किराँत राईहरुको जाति, थर, उपथर, गोत्रका विषयमा गम्भिर छलफल भएको किराँत राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष जनक राईले बताउनुभयो । 

बुधवार भएको प्राज्ञिक छलफलमा किराँत राई  प्रज्ञा परिषदका कुलपति जयकुमार राई, प्राज्ञ तथा भाषाविद् डा. तारामणि राई, डा.विष्णुकुमार सिँजाली, प्राज्ञ अम्मर तुम्याहाङ, किराँत राई यायोक्खाका केन्द्रय अध्यक्ष जीवन  हाताचो राई, उपाध्यक्षहरु जनक राई तथा युवराज राई लगायत केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको  उपस्थिति थियो ।

किराँत भाष्यका सम्बन्धमा भएका भ्रम र अष्पष्टताहरु चिर्दै यसको वास्तविक अर्थ, किराँत सम्प्रदाय अन्तर्गत राई जातिहरुको उत्पति एवं राईको जातीय प्रणालिका सम्बन्धमा राई जातिसँग सम्बन्धित विभिन्न संस्था र विज्ञहरुले खोज अनुसन्धान गरिरहेकाछन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले किराँतहरुको थर, उपथर(पाछा)हरुको शोधपत्र तयार गरिरहेको किरात राई यायाक्खाको केन्द्रिय उपाध्यक्ष जनक राई बताउनुहुन्छ ।

किरात राई जातिभित्र विभिन्न थर तथा उपथर (पाछाहरू) रहेका छन् । थरका रुपमा रहेका राईहरुका आ–आफ्नै भाषा पाइन्छ । जस्तो चाम्लिङ, वान्तावा, साम्पाङ, कुलुङ, थुलुङ, बाम्बुले, खालिङ, नाछिरिङ, दुमी, कोयु, पुमा, याम्फू, मेवाहाङ, आठपहरिया, लिङखिम, फाङदुवाली, बेल्हारे, चाम्लिङ, बायुङ, वान्तवा, खालिङ जस्ता विभिन्न थरहरू रहेका छन् । उनीहरुका वेग्ला वेग्लै भाषा प्रयोगमा छन् । यी थरभित्र पनि आ–आफ्नै पाछा रहेका हुन्छन् । जस्तै, चाम्लिङ राईभित्र लाफेहँछा, खोलापाछा, दोवालिछा, पितृङ्छा आदि । त्यसैगरी बान्तवाभित्र माङपाङ, मुकारुङ, छाङछा, इसारा आदि अनेकौं पाछाहरू रहेका छन् ।

पाछा अथवा उपथरको सामैइ हुन्छ, यसले उनीहरुको उत्पति र पुर्खाहरुको पहिचान सहित परिचय दिन्छ । अनि किराँत राईहरुको चुल्हामा नाम राख्नुपर्दा व्यक्ति पिच्छे कूलको न्वारान गरिन्छ । जसलाई चाम्लिङ भाषामा मिचिलुङ भनिन्छ । घरपरिवारको उत्तराधिकारी घोषित गरिदा किरात धामी (नोछुङ)ले चुल्हा पुजा गर्दै घरको मुख्य व्यक्तिको मिचिलङ नाम राखिदिन्छ ।

बुधवारको प्राज्ञिक छलफलमा हिन्दु वर्णाश्रम अनुसार राईहरुको थर हुन्छ, हुदैन भन्ने विषयमा पनि चर्चा उठाइएको थियो । कतिपयले राईहरुको थर हुन्न भन्ने मान्यता राखिरहेको सन्दर्भमा यसलाई थप बहस र छलफल बढाउदै निष्कर्ष खोजिने जनाइएको छ । 

यस्तो सघन साँस्कृतिक सम्पदाका धनि किराँत राईहरुको जातीय प्रणालिलाई दस्तावेजिकरण गर्न सके पछिल्ला पुस्ताहरुले समेत आफ्नो इतिहासलाई ठम्याउन सक्ने विश्वासमा यायोक्खाले यस्ता विषयहरुमा वाक्लै छलफल र वहस अगाडि बढाइरहेको उपाध्यक्ष राईको कथन छ ।

उहाँ भन्नुहुन्छ–‘‘एकातिर किराँत राईहरुको भाषाको संरक्षण सम्वद्र्धन गर्नु जरुरी छ भने अर्कोतिर विस्मृत हुन गैरहेको किराँत सँस्कृति र सभ्यताको जगेर्ना गर्नु उत्तिकै अपरिहार्य छ । यसका लागि उनीहरुभित्रको जातीय प्रणालि, संरचनागत अवस्थिति आदिको शुक्ष्म अध्ययन र अनुसन्धान तथा दस्तावेजिकरण हुनु पर्दछ । यो काम अहिले भैरहेको छ ।’’
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes