सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १, २०८१, Khotang

Image

खोटाङमा यो वर्षको वर्षादसँगै वाढी पहिरोबाट क्षति


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा यो वर्षको वर्षाद शुरु भएसँगै हालसम्म बाढी तथा पहिरोका कारण तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरिक्षक खड्काका अनुसार पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेंसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका–२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको होे । यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो । 

वर्षायाम शुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोको उच्च जोखिम रहने गर्दछ । यस वर्ष बाढी तथा पहिरोबाट  खोटाङ जिल्लामा समेत क्षति पुगेकोे छ । गत साउन १६ र १७ गतेका दिन परेको  लगातार बर्षातसँगै आएकोे बाढीले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५÷१५ रोपनी खेत बाढीले पुरेपछि उहाँहरु यति बेला चिन्तित हुनुभएको छ । पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको र पहिरोका कारण उहाँको घर समेत जोखिममा परेको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले बताउनु भएको छ । 

अझ पनि वर्षाद समाप्त भै नसककोले केहीदिन वर्षादबाट हुने जोखिमबाट सचेत रहनुपर्ने बताइन्छ ।

जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय खोटाङको तथ्याङकमा उल्लेख गरिएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes