सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १६, २०८१, Khotang

Image

सर्जक डा. पुरण राईका दुई कृति समिक्षा तथा पाँच सर्जक सम्मानित


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङका चर्चित साहित्यकार डा. पुरण राईका दुई कृतिहरुमाथि विहंगम समिक्षात्मक चर्चा तथा खोटाङका पाँच सर्जक व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । पालिका अभिलेख प्रालि काठमाण्डौँले भाद्र १५ गते शनिवार शुभम फाउण्डेशनको सभाहलमा श्रष्टा साहित्यकार डा. पुरण राईका दुई कृतिहरु वशन्त रितु उपन्यास र लाशमाथिको मानवता नाटकमा विहंगम समिक्षात्मक चर्चाका साथै खोटाङ जिल्लामा जन्मेर साहित्यिक क्षेत्र र समाज सेवामा लागेका पाँच व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो ।

पालिका अभिलेख प्रालि तथा शुभम फाउण्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा खोटाङका साहित्यकार एवं समालोचक वेदी राईद्धारा उपन्यास वशन्त रितु माथि समिक्षा गरिएको थियो भने अर्का साहित्यकार एमसी सुमितले नाटक लाशमाथिको मानवतामाथि समिक्षात्मक चर्चा गर्नुभएको छ ।

सोही अवसरमा पालिका अभिलेख प्रा.लि. काठमाडौँद्धारा जिल्लाका पाँचजना सर्जक श्रष्टाहरुलाई सम्मानित गरेको छ । साहित्यकार विष्णु आभूषण, वरिष्ठ पत्रकार तथा सर्जक कृष्ण आचार्य, साहित्यकार नरेन्द्र निर्विकार, साहित्यकार एमसी सुमित र साहित्यकार रेखा राई ‘क्षितिज’लाई कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

उहाँहरुलाई खोटाङ जिल्लामै रहेर सिर्जनशिल साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाउदै आएनुभएको भन्दै सम्मानित गरिएको जनाइएको छ ।

जिल्लास्थित जनप्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा पालिका अभिलेख डटकम नामक न्यूज पोर्टलको समेत सार्वजनिक गरिएको छ । डा. राईको सम्पादन तथा प्रकाशनमा रहने डिजिटल अनलाइन पालिका अभिलेख डटकमले सबै पालिकाको जानकारीमूलक सामाग्रीहरु प्रकाशन गर्ने जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जन्मनुभएका सर्जक डा. राईको वि.सं. २०६१ सालमा ‘मेरो देशको भूगोल’ कविता सङ्ग्रह, वि.सं. २०८० एकैसाथ आप्रवाशी नेपाली कवितामा अलंकार विधा, डरका विम्वहरु, अस्तु कथासंग्रह, बशन्त रितु उपन्यास र लाशमाथि मानवता नाटक संग्रह प्रकाशित भएका थिए ।

[ यो पनि-खोटाङका सर्जक डा. पुरण राईका दुई कृतिमाथि समिक्षात्मक कार्यक्रम गरिने ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes