सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

भाद्र १७, २०८१, Khotang

Image

मलाई गधा बन्नपरोस् !!!


  • नरेन्द्र निर्विकार

 

म सानो छँदा
बुढापाकाहरु आशीर्वाद दिन्थे,
सबैले मानिखाने हुनु,
ठूलो मान्छे हुनु,
ईस्वर सधैं दाईना रहुन,
लक्षिमीले बास गरून्,
हाकेताकेको पुगोस, दिएको आशिष भुंईमा नझरोस ,।

अहिले लाग्दैछ
आशीर्वाद त पुगेन नै,
पुग्थ्यो पनि कसरी !
हुन्थ्यो पनि कसरी !
आशिषले बांचिने भए आहारा किन खानु पथ्र्यो र,
भाग्यमा पाउने भए कर्म किन गर्नु पथ्र्याे र ,
बरदानले हुन्थ्यो भने धोबी हुन कसलाई मन थियो र !

म चाहन्छु,
मलाई कसैले आशीर्वाद नदेवस,
दिनु नै छ भने
कोमल फूल होइन, कठोर ढुङ्गा बन्ने देवस ।
कसैले श्रापै दिन्छ भने पनि 
सिसा बन्ने देवस
मलाई सिसा जस्तै धारिलो बन्नु छ,
कसैले फुटाएर गए पनि 
टुटाएर गए पनि
बाटो बिचमै मिल्क्याए पनि 
कुल्चिएर जाने हिम्मत कसैले  नगरोस् !

म चाहन्छु,
मलाई फूल बन्न नपरोस,
कसैको क्रूर औंलाहरुले मेरो घाँटी ननिमोठोस,
हत्केलामा राखेर कच्याककुचुक नबनावस,
बरु ढुङ्ङै बन्नु परोस सहि, कसैले फुटाउंदा पनि उसको हातमा ठेला उठोस ।
उठाएर मिल्क्याउनै चाहन्छ भने पनि,
त्यसको निधार बाट पसिना झरोस ।

मलाई सुन्दर फूल बनेर 
कसैको आँखामा सजिन मन छैन,
या कसैको गलामा लर्किन पनि  मन छैन,
कोपिलामै चिमोटिएर मन्दिरमा चढ्न पनि मन छैन ।
कुरुप आँखाहरुमा फुलेर,
सौन्दर्यको बलिदान गर्न पटक्कै मन छैन
बरु मलाई त निर्भिक काँढा बन्ने मन छ
प्रतिरोधी काँढा बन्नु छ,
जस्ले, माया जस्तो देखाएर गला निमोठ्न आउनेहरुको
हात रक्ताम्य बनाईदेवस ।
फेरि कसैले टिप्न आउने दुःसाहस नगरोस् ।

मलाई सिंह बनेर दरवारमा बस्न पनि नपरोस,
सोझा र निर्धाको शिकार गरेर
रगत र पसिनामा डकार गर्न  नपरोस,
अर्काको चोरेर खाने 
स्याल पनि हुन नपरोस् ।
मालिकको चाकरी गरेर जुठो पुरोमा रमाउने
कुकुर पनि हुन नपरोस,
बरु आफ्नै पसिनामा बाँच्ने
गधा हुन परोस्
बरु पिठ्युँको भारी भुँईमा कहिले नझरोस
कुकर्म गरेर ठुलै सिंह बन्नु भन्दा
कसैको केही नबिगार्ने असल गधा बन्न परोस !
मलाई गधा बन्न परोस !!!

 

 

“सहिद, मलाई माफ नदेऊ’’ ]

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes