सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

नरेन्द्र निर्विकार, साहित्य-विविध/कविता

फाल्गुन २, २०८०, Khotang

Image

“सहिद, मलाई माफ नदेऊ’’

                

नरेन्द्र निर्विकार

जनताको मुक्तिको लागि लड्न भनेर,
जनजीबिका र जनाधिकारको लागि  
उस्तै परे–आगोमा पनि डढ्न भनेर ,
जीवनलाई हत्केलामा राखेर, 
संघर्षको मैदानमा होमिएको तिमी
सुनेथें–सहिद भयौ रे !

आस्थाका अटल सिपाही तिमी,
दुश्मनका दुर्गहरुमा धावा बोल्दै गर्दा
संघर्षको मैदानमै ढल्यौ र,े 
र सहिद भयौ रे !!

यातना शीबिरहरुमा कठोर यातना खेपिरहंदा,
जल्लादहरुको अगाडि,
प्राणको भिख मागी गिडगिडायनौ रे !
देश र जनतालाई धोखा दिएर,
आन्दोलनलाई घात गरेर,
प्वाँख झैँ हलुको जीवन बांच्नु भन्दा,
पहाड झैं गह्रुंगो मृत्यु रोज्यौ रे,
मृत्युन्जयी र अमर बन्यौ रे !!!

त्यसैले प्रिय् सहिद
रगत जत्तिकै रातो सलाम छ तिमीलाई !
मुटु जत्तिकै तातो सलाम छ तिमीलाई !!

हिजो हामी संगै हिंडेका थियौं,
कांधमा महान लक्ष्य बोकेर, 
शीरमा सुन्दर सपनाहरु सिउरेर                    
कण्टकपुर्ण यात्रामा निस्केका, 
हामी सहयात्री थियौं ।
तर आज यात्रा अर्कै मोडमा पुगेको छ,
जहाँ तिमी छैनौ,
तिमीलाई सम्झनुमात्र परेकोछ,
सम्झनकै लागि पनि सम्झनु परेकोछ !!

यस्तो लाग्छ–तिमी मरेर महान भयौ ।
अब तिमीलाई गद्दार भन्ने आँट कस्ले गर्छ ?
तिमी मरेर पनि बांची रहेको छौ ।
अब तिम्रो बिचारलाई मार्न कसले सक्छ ?
बरु म,
बांचेर पनि पलपल मरिरहेछु,
पश्चातापको आगोमा हरपल जलिरहेछु ।
सहिदको कोटा गन्ती गरेर,
मूल्य तोक्ने निर्णयहरुमा
हरदम हस्ताक्षर गरिरहेछु !!

प्रिय् सहिद,
तिम्रो सपनाको भ्रुणहत्या गरेर अहिले म,
तिम्रै शालिकमा माल्यार्पण गरिरहेछु ।
संधै संधै बेवास्ता गरे पनि,
आज एकदिन सम्झना गर्दैछु,
कहिलेकाही लाग्छ,
यो बर्षदिने कर्मकाण्डले,
यो सोह्रश्राद्दे तर्पण पिण्डले
के सच्चा श्रद्धाञ्जली अर्पण हुन्छ र !
यो एक मिनटको मौनधारणले या तिम्रो गुणबखानले
के सहिद प्रतिको कर्तब्य पूरा हुन्छ र ??
म अन्यमनस्कमा छु
म पथभ्रान्त छु !!

अहिले सोच्दैछु
कतै मैले बाटो बिरांएकी,
बाटो पहिल्याउने मान्छे म, आफैं हराएं कि,
म हराएं भने, पथभ्रष्ट भएं भने
प्रिय् सहिद ,तिमी आऊ,
आएर मेरो कांपिरहेका हातहरुलाई मुठी कस्न लगाऊ
आएर मेरो लगलगाईरहेका खुट्टाहरुलाई अगाडि बढ्न लगाऊ,
मैले तिम्रो बलिदानलाई भुलें भने,
मैले तिम्रो रगतलाई पानी सम्झें भने,
या त तिम्रो सपनाको ब्यापार गरें भने,
या तिम्रो नाम  भंजाएर खाएं भने
प्रिय् सहिद मलाई  माफ नदेऊ  !

म डगमगाएको बेला,
आफ्नै निष्ठाबाट स्खलित भएको  बेला
तिमी आऊ,
प्रिय् सहिद तिमी आऊ
सपनी मै भए पनि तिमी आऊ 
र, मलाई ऐठन गराऊ,

तर बिन्ती छ ,मलाई माफ नदेऊ !!

(२०८० फागुन १ गते जनयुद्ध दिवसको अवसरमा ‘दिलकाजी-ठूलकुमार स्मृति प्रतिष्ठान’ द्धारा आयोजित कार्यक्रममा  वाचन गरिएको कविता)

 

[ तलका सिर्जनाहरु पनि पढ्नुहोस-

मौनताको आडमा फूलको हवन

दोबाटोमा कवि

कविता कहाँ छौ ?

तिमी फूल जस्तीकी, फूल तिमी जस्ती प्रिय ? }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका स्थानीय वासिन्दा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

Horoscopes Icon

All Horoscopes