सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १७, २०८१, Khotang

Image

आज कुशे औँशी–बाबुको मुख हेर्ने दिन


हलेसीन्युजडेस्क, खोटाङ /

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका रुपमा नेपालीहरुले आफ्ना जन्म दिने पितालाई विशेष सम्मानपूर्वक श्रद्धा प्रकट गर्ने दिनका रुपमा मनाइन्छ । आफ्ना पितालार्ई आज मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ ।

यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । 

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बुबाको मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ । 

यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरु पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ । 

आजको दिन गोर्कंणमा भीड लाग्ने गर्छ । यो परम्परा प्राचीन कालदेखि नै चलिआएको मानिन्छ । 

भौतिक शरीर नष्ट भए पनि हरेक वर्ष सम्मानका साथ श्राद्ध गर्ने चलन छ र यसदिन विशेष स्मरण गरेर जीवित बुबालाई र पितृलाई सम्मान गर्ने चलन रहदै आएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes