सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २, २०८१, Khotang

Image

जिल्लामा आजदेखि विविध कार्यक्रमकासाथ दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदैछ । भाद्र ३० गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा बसेको बैठकले अशोज २, ३ र ४ गते दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णय भए अनुसार आज अशोज २ गतेदेखि विविध कार्यक्रमका साथ दिवस मनाइने भएको हो ।

आज अशोज २ गते विहान ८ वजे दिक्तेलवजारमा स्थापित आदिकवि भानुभक्तको शालिक सरसफाई गर्ने, विहान ११ वजेबाट जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी समेत  भै जिल्ला अस्पतालको नेतृत्वमा खोटाङजिल्ला कारागारमा रहेका कैदी बन्दिहरुको स्वास्थ्य परिक्षण गर्ने  र साँझ दीप प्रज्वलने गर्ने जनाइएको छ ।

अशोज ३ गते मुख्य दिन विहान ८ वजे जिल्ला समन्वय समिति परिसरमा नेपाल पत्रकार महासंघको संयोजकत्वमा संविधान दिवस विषयमा राजनीतिक दल, प्राध्यापक, बुद्धिजिवीहरुको सहभागितामा परिसंवाद गर्ने, अपरान्ह ३ वजे  समन्वय समितिको परिसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखाको व्यवस्थापनमा महिला म्युजिकल चेयर कार्यक्रम सम्पन्न गर्ने, सोही अवसरमा भाद्र ३१ गते भएको जिल्ला स्तरीय महिलाहरुको खुला बक्तृत्वकलामा विजयी प्रथम, द्धितिय र तेश्रो विजेताहरुलाई पुरस्कार प्रदान गर्ने र साँझमा दीप प्रज्वलन गर्ने बताइन्छ ।

अशोज २, ३ र ४ गते तीन दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापनमा स्थानीय संघ संस्थाहरु टोल विकास संस्थाहरुले संविधान दिवस सम्बन्धि धुनहरु, राष्ट्रिय गीतहरु प्रशारण गर्ने र साँझमा दीप प्रज्वलन गर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समाराह समिति खोटाङका संयोजक सनबहादुर राईले जानकारी गराउनुभयो ।

 

[यो पनि-खोटाङ जिल्लामा १०औँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाईने ]

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

हलेसीन्युजडेस्क, खोटाङ / प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जिल्लास्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

Horoscopes Icon

All Horoscopes