सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २, २०८१, Khotang

Image

संविधान दिवसको पहिलो दिन सरसफाई तथा कैदिबन्दिको स्वास्थ्य परिक्षण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट मनाउन शुरु गरिएको छ । भाद्र ३० गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा बसेको बैठकले अशोज २, ३ र ४ गते विविध कार्यक्रम गरी दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने निर्णय भए अनुसार आज अशोज २ गते पहिलो दिन विविध कार्यक्रमका साथ दिवस मनाइएको हो ।

आज विहान ८ वजे दिक्तेलवजार भानुचोक स्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरी त्यस वरिपरि सरसफाई गरिएको छ । सो अवसरमा जिल्ला समन्वय समितिको प्रमुख एवं संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति खोटाङका संयोजक सनबहादुर राईले आदिकवि भानुको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । आजै विहान सदरमुकाम दिक्तेलवजारको वीचमा रहेको कर्ममन्दिर परिसरमा समेत सरसफाई गरिएको थियो ।

आजै विहान ११ वजेदेखि जिल्ला कारागार खोटाङका कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । संविधान दिवसको अवसरमा कारागारभित्र रहेका ११७ जना पुरुष कैदी, ३ जना महिला कैदी र ४३ जना पुरुष बन्दि गरी कूल १६३ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेण्ट मेडिकल अधिकृत रुपेश संग्रौलासहितको डाक्टरको टोली, स्वास्थ्य कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेका थिए । 

संविधान दिवसको मुख्य दिन असोज ३ गते पत्रकार महासंघको संयोजकत्वमा संविधान दिवस विषयमा परिसम्वाद कार्यक्रम, महिला म्युजिकल चियर तथा  जिल्लास्तरी महिलाहरुको खुला बक्तृत्वकलाका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम राखिएको छ ।

अशोज ४ गते सम्म विविध कार्यक्रमका साथ दशौँ संविधान दिवस मनाइने जनाइएको छ ।

२०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै प्रत्यक वर्ष सो दिन संविधान दिवसका रुपमा मनाउने गरिन्छ ।
 

[यो पनि-जिल्लामा आजदेखि विविध कार्यक्रमकासाथ दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदै ]

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes