सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ४, २०८१, Khotang

Image

खोटाङमा संविधान दिवस भव्यताका साथ मनाइयो

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति खोटाङको आयोजनामा अशोज २ र ३ गते विविध कार्यक्रम गरी भव्यताका साथ सविधान दिवस मनाइएको छ भने अशोज ४ गते आज पनि कार्यालय, तथा घरघरमा राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गीतहरु बजाउने र साँझमा दीप प्रज्वलन गरी उल्लास मनाइने समारोह समितिले जनाएको छ ।

संविधान दिवसका क्रममा अशोज ३ गते जिल्लामा प्रभात फेरि, संविधानको विषयमा परिसंवाद तथा महिला सहभागितामा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न गरिएको छ ।

सो दिन विहान ७ वजे प्रभात फेरिका क्रममा विभिन्न प्लेकर्ड सहित जिल्ला समन्वय समितिको परिसरदेखि दिक्तेल वजारको परिक्रमा गर्दै त्रिवेणीचोक, रत्नपार्क पुगेर समन्वय परिसरमै ्यालिको समापन गरिएको थियो । त्यसपछि नेपाल पत्रकार महासंघको आयोजनामा संविधान विषयक परिसंवाद सञ्चालन गरिएको थियो । 

महासंघका अध्यक्ष दिलिप खत्रीको सभापतित्वमा पत्रकार भिम राईद्धारा सहजिकरण गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, संविधान सभा सदस्य दुर्गाजयन्ति राई, पूर्व सांसाद कुल प्रसाद फुयाल, जिल्ला विकास समितिका पूर्वसभापति बिष्णुकुमार राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला न्यायाधिबक्ता टिकाभूषण घिमिरे, नेपाल वार एशोसियन खोटाङका सचिव तथा अधिबक्ता ओमप्रकाश घिमिरे, दिक्तेल बहुमूखी क्याम्पसका प्रमुख हिराकुमार राईले संविधानका विशेषता, कार्यान्वयका पक्ष र जटिलता, यसको संशोधनका सान्दर्भिकता लगायत विविध विषयमा समसामयिक चर्चा परिचर्चा गर्नुभएको थियो । 

सोही दिन अपरान्ह ४ वजे महिला सहभागितामा म्युजिकल चेयर कार्यक्रम सञ्चालन गरियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखाद्धारा व्यवस्थापन गरिएको म्युजिकल चेयर कार्यक्रममा ३१ जना महिला दिदीबहिनीहरुले सहभागिता जनाउनुभएको थियो । जसमा पुजा राई प्रथम, बविता आचार्य, द्धितिय, जमुना ढकाल तृतिय र पूण्यमाया आचार्य आन्त्वना विजयी भई क्रमशः रु २ हजार, रु १५ सय, रु १ हजार र रु ५ सय  पुरस्कार प्राप्त गर्नुभयो । 

साँझमा दिक्तेल वजार तथा चोक चोक र घरघरमा दीप प्रजवल गर्दै दीपावली मनाइएको थियो ।

[यो पनि-संविधान दिवसको पहिलो दिन सरसफाई तथा कैदिबन्दिको स्वास्थ्य परिक्षण ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २८ दिने...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

हलेसीन्युजडेस्क, खोटाङ / प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको...

Horoscopes Icon

All Horoscopes