सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ४, २०८१, Khotang

Image

बाम्राङमा सुत्केरी आमाका लागि कोशेली भेटघाट कार्यक्रम

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २८ दिने  सुत्केरी महिला मिना खत्रीको घरमा टोलभरिका महिला दिदीबहिनीहरुले पोषिलो खाध्य सामाग्री सहित कोसेली लिएर भेटघाट कार्यक्रम गरेका छन् । स्थानीय मनकामना आमा समूहको अगुवाईमा गाउँका आमा दिदीबहिनीहरुले भाले, घ्यू, नवजात शिशुलाई कपडा, ज्वानो, चामल लगायत पोषिलो खाध्य सामग्री लिएर अशोज ३ गते विहीवार सुत्केरी मिनाको घरैमा पुगर भेटघाट कार्यक्रम गरिएको स्वयंसेविका सविता खत्रीले हलेसी एफ एमलार्ई जानकारी दिनुभयो । 

सुत्केरी आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पूर्ति गर्दै आमा र बच्चाको स्वास्थ्यका लागि सुत्केरीलाई पोषिला खानेकुरा लिएर भेट गर्ने चलन सुरु गरिएको मनकामना आमा समूहका अध्यक्ष मिना दाहाल खत्रीले बताउनु भयो । उहाँ भन्नुहुन्छ —‘आमा र बच्चाको पोषणको मात्रा पूरा गर्न सुत्केरी भेट कार्यक्रम सुरु गरिएको हो । गाउँमा यसको महत्व झनझन बढिरहेको छ । महिलाको समूह कोसेली बोकेर हल्लिखल्लि र हाँसखेल गर्दै भेट्न आउँदा सुत्केरी आमा र उनका परिवारमा थप उमंग जगाउने गरेको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका  कार्यपालिका सदस्य मिना कार्कीले बताउनुभयो । 

सुत्केरीलाई पोषणसम्बन्धि खानेकुरा खरिद  गर्नका लागि वडा नं. ३ बाम्राङ वडा कार्यालयको तर्फबाट  दुई हजार रुपैयाँ समेत दिने व्यवस्था  गरिएको  वडाध्यक्ष महेन्द्रबहादुर राईले बताउनु भयो । 

बाम्राङको चुप्ला टोलमा स्थानीय आमादिदी बहिनीहरुको सकृयतामा २०७५ सालमा मनकामना आमा समूहको स्थापना भएको थियो, जसमा १७ जना सदस्यहरु रहनु भएको छ ।

[यो पनि-दिक्तेल आदर्शटोलकी सुत्केरी आमा तथा नवजात शिसुलाई एकता स्वास्थ्य आमा समूहद्धारा पौष्टिक खाध्य सामाग्री प्रदान ]

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २८ दिने...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

हलेसीन्युजडेस्क, खोटाङ / प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको...

Horoscopes Icon

All Horoscopes