सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २१, २०८१, Khotang

Image

जापानको शुजु शहरमा गएको भुकम्प प्रभावितलाई मानवीय सहयोग गरेवापत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सम्मानित


हलेसीन्युजडस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई जापानस्थित संस्था NEPA (Nepal emergency shelter and disaster Prevention educational Aid) ले Certificate of Appreciation  प्रदान गरेकोछ । जापानको ईशाकावा प्रान्त नजिकै शुजु शहरमा जनवरी १, २०२४ मा गएको ठूलो भूकम्पका कारण भएको जनधनको क्षतिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गहिरो दुःख प्रकट गर्दै भूकम्प प्रभावितहरुको उद्धार तथा राहतका लागि भावनात्मक सहयोग पुराउने ध्येयले नगरपालिकाभित्रका विभिन्न विध्यालयमा अध्ययनरतः विध्यार्थीहरुद्धारा कोरिएका २९ वटा चित्रकलाका साथ नगद सहयोग रु २५ हजार उपलव्ध गराएकोमा कात्तिक २० गते NEPA का तर्फबाट ओशाका युनिभर्सिटीका प्रोफेसर एवं NEPA का प्रमुख निर्देशक डक्टर टेक्मीत्सु मोरिता र NEPA का निर्देशक दिनेश श्रेष्ठद्धारा Certificate of Appreciation प्रदान गर्नुभएको हो ।  

२०८० फागुन २२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट भूकम्प प्रभावित जापानी नागरिक तथा विध्यार्थीहरुलाई सानो सहयोग पुगोस भन्ने हेतुले नोटो प्रिफेक्चर शैक्षिक वोर्ड, नोटो पेनिन्सुला, जापानको माध्यमबाट रु २५ हजार नेपाली रुपैया आर्थिक सहयोग उपलव्ध गराइएको थियो । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तर्फबाट नगरपालिकाभित्रका विभिन्न विध्यालयमा अध्ययनरत विध्यार्थीहरुले कोरेका २९ थान आकर्षक चित्रहरु समेत विपदमा सहयोगार्थ पठाइएको थियो । ती चित्रहरु जापानमा हुने चित्रकला प्रदर्शनीमा विक्री भएर प्राप्त रकम समेत भूकम्प पीडितका लागि उपयोग हुने अपेक्षा सहित पठाइएको थियो ।

नगरपालिकाद्धारा पुराइएको उक्त मानवीय सहयोगप्रति जापानी जनताका तर्फबाट कृतज्ञता जाहेर गर्दै मंगलवार भएका कार्यक्रममा जापानमा कार्यरत संस्था नेपाका तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई सर्टिफिकेट अफ एप्रेशियसन प्रदान गरिएको थियोे।

काठमाण्डुस्थित यति पार्टी प्यालेश बशुन्धरामा युवा नेपालका अध्यक्ष उत्तमकुमार शर्माको अध्यक्षता तथा काठमाण्डौँ महानगरपालिकाका प्रवक्ता नविन मानान्धरको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा गत जनवरी १, २०२४ मा जापानको इशाकावामा भएको भुकम्पबाट पुराएको क्षतिप्रति सहानुभूति राख्दै मानवीय सहयोगका लागि हात बढाउने भेरी नगरपालिका, युवा नेपाल, नेपाल चेम्वर्स अफ कमर्श, नेपाल पार्टी प्यालेस संघ, एभरेष्ट इङलिस स्कुल भक्तपुरलाई पनि नेपाले Certificate of Appreciation प्रदान गरेको छ ।

लामो समय देखि जापानमा रहेर नेपाल तथा जापानमा हुने विपदका घटनाहरुमा सहयोगी भूमिका निर्वाह गर्दै आईरहनुभएका सामाजिक अभियन्ता एवं जापानी संस्था नेपाका निर्देशक दिनेश श्रेष्ठले कार्यक्रमको समन्वय र सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी विपद विज्ञहरुबाट प्राकृतिक विपदमा कसरी सुरक्षित हुने, पूर्व तयारी तथा जोखिमबाट बच्ने उपायका वारेमा समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौँ महानगरपालिकाका प्रवक्त महर्जनका साथ विशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, विशेष अतिथि भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती, अतिथिहरु नेपाल चेम्वर्श अफ कमर्शका बरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, काठमाण्डौँ महानगरपालिका वडा नं. ३ बशुन्धराका वडाध्यक्ष प्रेम थापा, नेपाल चेम्वर्श अफ कमर्शका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ, जापान बाट आउनुभएका विपद विज्ञ टोलीका प्रतिनिधि ओशाका विश्व विध्यालय प्रोफेसर इसुकी जाकुता,युवा सूचना केन्द्र [YIC] नेपालका अध्यक्ष एवं सामाजिक अभियन्ता बुद्धिबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

नेपाका निर्देशक श्रेष्ठका अनुसार २०८० कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा गएर अध्ययन गर्ने तथा सहयोग गर्नुपर्ने क्षेत्र र अवस्था पहिचानका लागि जापानबाट ६ जनाको विपद विज्ञ टोलिका साथ नेपाका ३ जना र युवा नेपालको टिम समेत भोलि कात्तिक २२ गते जाजरकोट जाने भएको छ ।

[यो पनि--जापानका भूकम्प पीडितका लागि दिक्तेलरुपाकोट मझुवागढीबाट दुःख व्यक्त गर्दै सहयोग प्रदान ]

 

 

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes