सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम

चैत्र १०, २०७९, Diktelrupakotmajhuwagadi

Image

नगरप्रमुख भट्टराईको नेतृत्वमा विहीवारे अध्ययन-अनुगमन

 

हलेसीन्युजडेस्क,खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानहरुको अध्ययन-अनुगमन गरिएको छ । नगरपालिकाको प्रशिद्ध धार्मिक स्थल मझुवाकालिका तथा ऐतिहासिक मझुवागढीलाई आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षित गराउन थप के के गर्न सकिन्छ भनेर विहीवार अध्ययन-अनुगमन गरिएको जनाइएको छ । 

नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा जापानमा प्राध्यापन गरिरहनुभएका डा.आस्था प्रभा तुलाधर, प्राज्ञ एवं कलाकार धनु याक्खा, समाजसेवी ज्योतिरत्न तुलाधरको एक टोलि विहीवार मझुवाकालिका देविस्थान, ऐतिहासिक मझुवागढी, वडा नं. ५ वडा कार्यालय, लफ्याङ वासवोटेस्थित श्री मावि वाँसवोटेमा पुगेर त्यहाँको अवस्थाका वारेमा जानकारी लिनुभयो । 
मझुवाकालिका देविस्थान र मझुवागढीका वारेमा डा. आस्था प्रभा तुलाधरको टोलिलाई नगरपालिकाका तर्फबाट विविध जानकारी गराइएको थियो । गत वर्षदेखि शुरु गरिएको फूलको पहाडका वारेमा कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख तेजप्रसाद जैशीले अवगत गराँउदै यो आव मा पनि यसको प्रवर्द्धनमा नगरपालिका र सरोकारवाला संघ संस्था तथा कार्यालय लागिरहेकोे जानकारी गराउनुभयो । डा. तुलाधरले जापानमा पनि फूलको विशिष्ट महत्व रहेको र त्यहाँका नागरिकहरुले वर्षभरि हरेक दिन कुनै न कुनै फूलसँग आफ्नो सम्बन्ध रहेको ठान्ने बताउनुभयो । मझुवा देविस्थान र गढीलाई यहाँको पुरातात्विक तथा धार्मिक एवं पर्यटकीय गरिमा वढ्ने गरी विभिन्न प्रजातीका वाह्रैमास शौन्दर्य बढाउने फूलका वोट रोप्ने अभियान विशिष्ट काम रहेको बताउनुभयो । आफूले पनि यस कार्यमा आफू जहाँ रहे पनि सहयोग गर्ने उहाँको प्रतिवद्धता रह्यो ।

अनुगमनका क्रममा गत वर्ष रोपिएका विभिन्न प्रजातिका फूलका विरुवाहरुले संरक्षण पाइरहेको र नयाँ पात र मुजुराहरु पलाईरहेको देखिन्थ्यो ।  प्राज्ञ धनु याक्खाले यहाँको शौन्दर्यलाई फोटाग्राफीबाट उतारेर नगरपालिकासँगको सहकार्यमा चाँडै वृहत प्रदर्शनी गरेर सबैको ध्यानाकर्षण गराउने सोँच रहेको बताउनुभयो ।

वडा नं. ५ वडा कार्यालय लफ्याङमा टोलि पुग्दा अध्यक्ष दिनेश घिमिरे, वडा सदस्यहरु, स्वस्थ्यकर्मी, वडाका कर्मचारीहरु लगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । वडाध्यक्ष घिमिरेले सो अवसरमा वडाका गतिविधिका वारेमा संक्षिप्त जानकारी गराउनुभयो । 

वडा कार्यालयबाट नगरप्रमुख भट्टराई लगायत टोलि श्री मावि वाँसवोटे पुगेको थियो । श्री मा वि वाँसवोटेका शिक्षक विध्यार्थीहरुबाट स्वागत गरिसकेपछि शिक्षक रविन सुनवारले औपचारिक कार्यक्रम प्रारम्भ गनुृभयो । प्र.अ. जसराज किरातीले टोलिलाई स्वागत मन्तव्य प्रदान गर्दै विध्यालयका शैक्षिक अवस्थाको वारेमा अवगत गराउनुभयो । कार्यक्रमको समापन पछि अतिथिहरुलाई स्थानीय खाजानास्ताका रुपमा भुटेको मकैभटमास र स्वादिष्ट मोहीको स्वाद चखाइएको थियो । टोलि त्यहाँबाट विदा हुनु अगाडि  पुस्तकालयको अवलोकन गराइएको थियो । प्र.अ. जसराज किरातीले विध्यालयमा रहेको पुस्तकालयमा १०० थान पुस्तक प्रदान गर्ने व्यक्तिको तस्विर पुस्तकालय कक्षमा राखिने व्यवस्थावारे जानकारी गराउनुभयो । हालसम्म ववि चाम्लिङ, जसराज किराती, चुडामणी घिमिरे, रविन सुनवार, ज्ञानेन्द्र कुमार राई, गोपाल श्रेष्ठ, कञ्चन आचार्य, पाण्डव राईले यसरी पुस्तक प्रदान गरिसक्नु भएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै विध्यालयका शिक्षक, अध्ययनरत विध्यार्थी वा विध्यालयसँग सम्बद्ध व्यक्तिहरुको जन्म दिनका अवसरमा एक थान पुस्तक विध्यालयलाई प्रदान गर्ने र विध्यालय परिवारले जन्मदिनका अवसरमा शुभकामना प्रदान गर्ने परिपाटी रहेको जानकारी गराईदा वातावरणमा खुशी छाएको थियो । विहिवार कक्षा १२ मा अध्ययनरत विध्यार्थी कल्पना श्रेष्ठको जन्मदिन परेको थियो । उहाँले .नेपाली राष्ट्रियता पुस्तक विध्यालयलाई प्रदान गर्नुभयो । उपस्थित सबैले ताली वजाएर शुभकामना प्रदान गर्दै उहाँको जन्मदिन मनाइयो । 

सोही अवसरमा रष्ट्रिय सेवा दलसँग आवद्ध ३६ जना विध्यार्थीहरुले  राष्ट्रभक्ति झल्किने गीतमा कलात्मक नृत्य प्रस्तुत गरेर सबैलाई रौमाञ्चित बनाएका थिए ।

नगरप्रमुख भट्टराई नेतृत्वको विहीवारे अध्ययन-अनुगमन टोलिमा  डा.आस्था प्रभा तुलाधरका साथ प्राज्ञ धनु याक्खा, समाजसेवी ज्योतिरत्न तुलाधर,  पूर्व जिविस सभापति तथा खोटाङ कांग्रेसका सभापति विष्णुकुमार राई, कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि  डा.राजकुमार राई, राष्ट्रिय भूमि आयोग जिल्ला समिति विज्ञ सदस्य ध्यानबहादुर राई, जिल्ला समन्वय समिति सदस्य दुर्गाप्रसाद घिमिरे, वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे,  वडा नं. १ का वडाध्यक्ष नवराज राई, सामाजिक शैक्षिक अभियन्ता सूर्यबहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, नेपाल नेत्रज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजु ,देविस्थान सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष प्रेम कटवाल, स्थानीय समाजसेवी जयनारायण कटवाल लगायत हुनुहुन्थ्यो ।

                                                                                                                                                                                      

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

हलेसीन्युजडेस्क,खोटाङ आज देशैभरि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन...

अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल...

हलेसीन्युजडेस्क, खोटाङ आज चैत्र शुक्ल नवमी अर्थात राम नवमी । चैत्र...

हलेसीन्युजडेस्क, खोटाङ जिर्ण र साँघुरो ओतमा जेनतेन जिन्दगी कटाउदै आएका वृद्ध...

Horoscopes Icon

All Horoscopes