सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २२, २०८१, खोटाङ

Image

तीन चुला पूजेर साँस्कृतिक घरको शिलान्यास, साकेलाको साँस्कृतिक गाउँ विश्वकै नमूना बन्दै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकामा एकीकृत वस्ती विकास अन्तर्गत साँस्कृतिक घरहरु निर्माणको काम सुरु गरिएको छ । गाउँपालिकाभित्र रहेका १३ वटा जातजातीको धर्म, संस्कार र सँस्कृति झल्कने पुरातात्विक घरहरु निर्माण गर्ने गरि उक्त गाउँपालिकाको वडा नम्बर–३ खिदिमास्थित पर्यटकीय क्षेत्र तावाभञ्ज्याङमा काम शुभारम्भ गरिएको हो । 

साकेला गाउँपालिकाको पहलमा शहरी विकास तथा भवन कार्यालय मार्फत चालू आर्थिक वर्षमा प्राप्त ४३ लाख रुपैंया बजेटबाट घर निर्माणको काम शुरु गरिएको छ । प्रारम्भमा किराँत राई जातिको धर्म संस्कार र संस्कृति झल्कने ऐतिहाँसिक घरको निर्माण हुनेछ । 

जेष्ठ २१ गते सोमबार स्थानीय रीतिरिवाज र परम्परा अनुसार तीन चुला पूजेर उक्त घरको शिलान्यास गरिएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्षहरु हेमन राई, गोविन्द तामाङ, प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायत राजनैतिक दल तथा स्थानीयहरुको उपस्थितिमा स्थानीय राई धामी (नछुङ)ले किराँत राईको रीतिरिवाज अनुसार तीन चुला पुजेर, ढोलझ्याम्टा बजाएर नाच्दै घर निर्माणको औपचारिक काम शुरु गरिएको हो ।

यस वर्ष किरात राईहरुको जातीय घर निर्माण सुरु गरेर ’एकीकृत साँस्कृतिक गाउँ’ निर्माण सुरु गरिएको छ, पालिकाभित्रका सबै जातजातिलाई समेटेर १३ वटै घर निर्माण सम्पन्न गरेर पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको लक्ष्य भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । ‘हामी गाउँपालिकालाई पर्यटन प्रवर्द्धनको माध्यमद्वारा समृद्ध बनाउने दीर्घकालिन सोंचका साथ अगाडि बढिरहेका छौ ।’ उहाँले भन्नुभयो– ‘हाम्रो यो कार्यलाई सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्यो ।’ 

गाउँपालिकाको प्रमुख पर्यटकीय हवको रुपमा तावाभञ्ज्याङ क्षेत्रलाई विकास गर्दै लैजाने गाउँपालिकाको दीर्घकालिन योजना रहेको छ । सो स्थानमा निर्माण हुने साँस्कृतिक गाउँमा आ–आफ्नो जातजातिको पहिचान झल्कने संरचना तयार हुनेछ । सो क्षेत्रमा बन्न लागेको तावाताल, धार्मिक पार्क घुम्न आउने पर्यटकलाई लक्षित गरि निर्माण सुरु गरिएको बहुसाँस्कृतिक घरहरुलाई होमस्टेको रुपमा समेत सञ्चालन गरिने अध्यक्ष राई बताउनुहुन्छ । 

यसरी निर्माणहुने घरहरु दुई तल्लाको हुनेछ । पहिलो तल्लामा जातीय संस्कार, संस्कृति झल्कने समाग्री र ऐतिहाँसिक महत्वका समाग्री सहितको संंग्राहलय हुनेछ भने माथिल्लो तल्लाको दुईवटा कोठामा गेष्ट रुम निर्माण गरिने गरि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । वरिपरी निर्माण हुने १३ वटा घरको बीचमा भने सबै जातजातिको पहिचान झल्कने सामूहिक घर निर्माण हुनेछ, जहाँ रिसेप्सन सहितको हल बन्ने अध्यक्ष राईको भनाई छ । 

साकेला गाउँपालिकाभित्र बसोबास गर्ने १३ वटा जातीहरु रहेका छन् । यसरी आफ्नो राज्यभित्र भएका जातजातिलाई समेटेर बस्ती निर्माण गर्ने साकेला गाउँपालिका नेपालमा मात्र नभई विश्वमै पहिलो हुने बताईएको छ । त्यसो त साकेला गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजाने प्रमुख आधार भनेको पर्यटन पूर्वाधार तयार गर्नु नै हो । सोही अनुरुप पालिकाले सो क्षेत्रमा तावाताल, धार्मिक पार्क निर्माणको योजनालाई महत्वकांक्षि योजनाको रुपमा समेटेर आफ्नो आवधिक योजनामा समेत समावेश गराएको छ । तावाताल र धार्मिक पार्क निर्माण गर्नको लागि समेत पालिकाले डिपिआर तयार गरिसकेको छ ।

साँस्कृतिक गाउँ निर्माणको काम भने स्थानीय उपभोक्ता समिति मार्फत शुरु गरिएको छ । गाउँपालिकाले अघि सारेको साँस्कृतिक गाउँ निर्माणको काम विश्वकै नमूना भएको स्थानीयवासी मिनराज राईले बताउनुभएको छ । उहाँले यो महत्वकांक्षि योजना जसरी भए पनि पुरा हुने र योजना सञ्चालनको लागि महत्वपूर्ण भूमिका निभाउनुहुने गाउँपालिका अध्यक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

अर्का स्थानीयवासी तथा महिला नेतृ शान्तिकला राईले गाउँपालिकाले शुरु गरेको यो योजनालाई सबैले साथ सहयोग गरेर सम्पन्न गराउनुपर्ने बताउनुभयो । पर्यटन प्रवर्द्धनबाट मात्र गाउँपालिकाको भविष्य सुन्दर हुनेभएकाले यसरी हुने सामुदायिक कार्यमा सबै क्षेत्रका व्यक्तिहरुबाट सहयोग प्रदान हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । साँस्कृतिक गाउँ निर्माण भएपश्चात गाउँपालिकाभित्र बस्ने नागरिकहरुले समेत नयाँ घर निर्माण गर्दा सोही बस्तीमा निर्माण गरिएको नमूना घरको नक्शा अनुसार आफ्नो घर निर्माण गर्ने गरि गाउँपालिकाले कानून बनाउने तयारी गरेको जनाईएको छ ।

 

[ यो पनि-साकेलामा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes