फागुन १७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिका स्थित तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको पर्यटन पूर्वाधार निर्माण गर्ने विषयमा सँस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती सकारात्मक बन्नुभएको छ । तावातालसँगै सो क्षेत्रमा निर्माण गरिने विभिन्न जातजातिको साँस्कृतिक बस्ती, धार्मिक पार्क निर्माण गर्ने विषयमा मन्त्री किराँती सकारात्मक बन्नुभएको हो ।
नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद समिता कार्की ’अस्मिता’, साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ’दिक्षा’ सहितको टोलीले बुधबार मन्त्रालयमै पुगेर मन्त्री किराँती समक्ष तावाताल र सो क्षेत्रमा निर्माण गरिने पर्यटकीय भौतिक पूर्वाधार निर्माणमा भईरहेको ढिलासुस्तीको विषयमा ध्यानाकर्षण गराइएको थियो । मन्त्रि किराँतीले यस सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउदै सो क्षेत्रमा निर्माण हुने पर्यटन पूर्वाधारको काम अगाडि नबढ्नुको कारणबारे बुझेर प्रकृया अघि बढाउने बताउनुभएको छ ।
तावाभञ्ज्याङमा तावाताल निर्माणको लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैंया बजेट प्राप्त भएको छ । पर्यटन मन्त्रालयबाट प्राप्त सो बजेटबाट ताल निर्माण गर्न नपाईने भएपछि गाउँपालिकाले शीर्षक परिवर्तन गरि सो क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणसँगै ताल निर्माण गर्नेगरि डिपिआर तयार गरेको छ । सो आयोजनालाई बहुवर्षिय आयोजना बनाई छ करोड रुपैंया बराबरको पर्यटन पूर्वाधार तयार गरिने गरि डिपिआर तयार भए पनि हालसम्म प्रकृया अघि बढ्न सकेको छैन । पर्यटन पूर्वाधार निर्माण गर्नेगरि यसअघिनै ठेक्का आह्वान भईसक्नुपर्नेमा हालसम्म पनि ठेक्का प्रकृया अघि बढ्न नसकेको हो ।
सो क्रममा पर्यटनमन्त्री किराँतीले भन्नुभयो –‘म अहिले पर्यटनको ढोका र चाभीहरुबारे सुत्र तयार गर्दैछु, पर्यटनको तीन ढोकाहरु हुन्छन् कल्चर, नेचर र एडभाञ्चर तर त्यसलाई खोल्ने चाभीहरु चाँही के के हुन् त ढोका देखियो तर खोल्ने चाभी के हो, समृद्धिको गन्तव्यमा पुग्न पर्यटनको ढोका खोल्ने चाभीको खोजी गरिरहेको छु ।’ उहाँले भन्नुभयो –‘सँस्कार र सँस्कृतिलाई मात्र पनि ब्राण्डिङ गर्न सकियो भने पर्यटनको ढोका खोल्न सकिन्छ र सो बाट समृद्धिको गन्तव्यमा पुग्न सकिन्छ ।’
छलफलकै क्रममा माओवादी केन्द्रीय सदस्य समिता कार्की अस्मिताले समग्र समाज, जिल्ला र देशलाई फाईदा पुग्ने काममा कोही कसैले अवरोध पुर्याउन नहुने बताउनुभयो । पूर्वग्राही ढंगबाट योजना असफल बनाउन कोही लाग्नुभएको हो भने त्यसले सफल नभईने बताउनुहुँदै उहाँले समन्वय गरेर प्रकृया अघि बढाईदिनहुन मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भन्नुभयो –‘तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउन विगत सरकारले सुरु गरेका विकासका कार्यलाई निरन्तर अघि बढाउन वर्तमान सरकार प्रयत्नशिल छ, तावाताल निर्माणको कार्यलाई प्राथमिकतामै राखिएको छ ।’
सहिद पार्कलाई संरक्षण गरि दशवर्षे जनयुद्ध झल्कने संरचनाहरु तयार गरिने र मुन्धुम ट्रेललाई संरक्षण गरि पर्यटन पूर्वाधार निर्माण गर्नेगरि डिपिआर तयार भएको अध्यक्ष राईले बताउनुभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान