सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र १३, २०८१, Khotang

Image

फूलको पहाडमा फूलहरु गोडमेल गर्दै व्यवहारिक सिकाईमा जुटे विध्यार्थीहरु


हलेसीन्युजडेस्क, खोटाङ /

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङस्थित मझुवागढी कालिका देविस्थान परिसरमा रोपिएका फूलहरु गोडमेल तथा सरसफाई गरिएको छ । बुधवार सदरमुकाम नजिकका सरस्वती माध्यामिक विध्यालय तथा पञ्च माध्यामिक विध्यालयका शिक्षक एवं विध्यार्थीहरुका साथमा जनप्रतिनिधि, राजनैतिक दल तथा नगरकर्मचारीहरुले सो क्षेत्रका फूलहरु गोडमेल तथा सरसफाई गरेका हुन ।

दिक्तेलवजार हाटडाँडादेखि देविथानछेउ बुद्धेश्वर गुफा आसपपास पुगेर फूल गोडेमल तथा सरसफाइ अभियान समापन गरिएको जनाइएको छ । 

उक्त क्षेत्रमा एकवर्ष अगाडिदेखि विभिन्न प्रजातिका फूलहरु रोपिन शुरु गरिएको छ । ती फूलहरु यतिखेर रहरलाग्दो किसिमले हुर्किरहेकाछन् । जसले यो क्षेत्रलाई थप शौन्दर्यकरण गरिरहेकाछन् । सदरमुकाम दिक्तेलको हाटडाँडाबाट उकालो सिँढी चढेर करिव २ हजार मिटर माथि थाप्लोमा चढेपछि प्रशिद्ध कालिका देविस्थान मन्दिर पुग्न सकिन्छ । अझ त्यहाँबाट केही दम्साइलो उकालो पार गरेपछि एतिहासिक मझुवागढी पुग्न सकिन्छ । जहाँबाट खोटाङ लगायत छिमेकी जिल्लाहरुको रमणीय दृष्यावलोकन गर्न सकिन्छ । ती प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थाल जाने पैदल बाटा वरिपरि गत वर्षदेखि विभिन्न रंगीचंगी फूलका विरुवाहरु रोपिन थालेकोले त्यो क्षेत्रलाई अब फूलको पहाडले सम्बोधन गर्न थालिएको छ ।

फूलहरु गोडमेल तथा सरसफाई अभियान  अन्तर्गत सदरमुकाम दिक्तेलवजार आसपासका दुईवटा विध्यालयका शिक्षक र विध्यार्थीहरु व्यवहारिक सिकाई कक्षा अन्तर्गत सहभागी भएको थाहा भएको छ । 

उनीहरुका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैशी, शुभम फाउण्डेशनका निर्देक एवं शैक्षिक अभियन्ता सूर्यबहादुर राई, सरस्वती माध्यामिक विध्यालय का प्रधानाध्यापक शिवहरि ढकाल तथा अन्य शिक्षकहरु, पञ्च माध्यामिक विध्यालयका शिक्षकहरु, पूर्व जिल्ला विकास समितिका सभापति बिष्णुकुमार राई,  लफ्याङका समाजसेवी शम्भु घिमिरे, वडा नं. ५ का वडासदस्य गोविन्द कटुवाल, दिक्तेल वडा नं. १ झिसेपुका समाजसेवी नारायण राई लगायत स्थानीयवासीहरु दिक्तेल हाटडाँडादेखि देविस्थान जाने सिढी वरपर रोपिएका वाक्लो फूलका विरुवाहरु गोडमेल तथा सरसफाई अभियानमा सरिक हुनुभएको थियो ।

[यो पनि-चर्चामा–‘फूलको पहाड’ (तस्विर सहित) ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes