सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २५, २०७९, Kepilash Rum

Image

केपिलासगढीद्धारा खोलामा करेन्ट लगाएर माछा मार्न बन्देज

 

हलेसीन्युजडेस्क, खोटाङ/

खोटाङको केपिलासगढी गाउँपालिकाले खोलामा  करेण्ट तथा विषादी लगाएर माछा मार्न बन्देज गरेको छ । स्थानीय रावा खोला, ताप खोलामा करेन्ट तथा विषादी लगाएर माछा मार्ने काम भैरहेकोले सो कामबाट जल तथा पर्यावरणमा प्रतिकूल प्रभाव पर्न गैरहेको हुँदा अनाधिकृत रुपमा माछा मार्न बन्देज लगाइएको जनाइएको छ ।

पालिकाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै जलाधार क्षेत्रको जैविक विविधतामा ह्रास आउनेगरी माछा मार्ने काममा रोक लगाएको हो ।

रावा तथा ताप खोला माछाका लागि प्रशिद्ध मानिन्छ । स्थानीयवासीहरुले जाल तथा स्थानीय प्रविधिबाट माछा मारेर अर्थोपार्जन समेत गर्दै आएका छन् । तर यता केही वर्षदेखि त्यहाँ विध्युतीय उपकरण तथा विषादी प्रयोग गर्दै माछा मार्ने क्रम तिव्र रुपमा वढ्न थाले पछि त्यहाँको सबै खाले जलचरको अस्तित्वमा नै संकट पर्ने तथा पर्यावरणमा समेत प्रतिकूल प्रभाव पर्ने देखिएकोले यस्तो कार्यमा बन्देज लगाउन वाध्य भएको पालिका अध्यक्ष समिर राईले जनाउनुभयो ।

यस अगाडि रावावेशी गाउपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै रावा खोलामा करेन्ट तथा विषादी प्रयोग गरेर माछा मार्न बन्देज लगाई सकेको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes