सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जीवन र जगत

माघ ९, २०८१, Khotang

Image

तेहौँ दिनको पूण्य स्मृतिमा हजुरआमा प्रति समर्पित


——————————–तीर्थराज भट्टराई

दैवको खेल वा प्रकृतिको नियम जन्मपछि मृत्यु अवश्यभावी छ । मृत्युलाई सधैँका लागि न चिकित्सकले रोक्न सक्छन्, न धामी र वैद्यले नै । छैँठीमा लेखेको सबैले स्विकार्नुको विकल्प छैन हामीसँग । चिकित्सक, वैद्य, धामी–झाँक्री वा विषयविज्ञ अन्य विधाका व्यक्तिले केही समयका लागि रोकथाम र सहज जीवन जिउने समयावधि लम्व्याउने हो । यस मानेमा चिकित्सक भगवान नै हुन् कि वर्षौँसम्म बचाउँन सक्ने क्षमता विज्ञानले दिएकोछ । अन्य विधामा पनि त्यत्तिकै चमत्कार र क्षमता छ रोकथामका लागि । मानिसको कहिल्यै मृत्यु हुनबाट जोगाउने विधि वा क्षमता छैन कुनै पनि पद्धतिको विकासमा । हुन त अहिले विज्ञानको चामत्कारिक विकासक्रमले यसको पनि व्यवस्था गर्ला नै । जब सफल परिक्षण हुन्छ, त्यतिवेला नै यसको लेखाजोखा र विवेचना गर्दा अझै हुनसक्छ समय सान्दर्भिक र तथ्यपरक ।                 

१०७ वर्षीय हजुर आमा रेणुकादेवीका साथ परिवारका सदस्यहरु

यी माथिको विषय किन उठान गरिएको हो भने जतिसुकै विकसित राष्ट्रमा पनि कष्टपूर्ण जीवन विताई रहेका मानवको संख्या प्रशस्तै छन् । विकसित देशमा कम संख्या र अविकसित देशमा धेरै एवं पीडादायी अवस्थामा जीवन जिउनु परेको हामीले प्रशस्त सुनेका र पढेका पनि छौँ । कसैले कष्टपूर्ण जन्म लिँदै प्राण त्याग्नु परेको छ भने कसैले एकसय वर्ष भन्दा लामो आयुको सदुपयोग गर्न पाउने अवसर मिलेकोछ । सचेत, सजग र सावधानी अपनाउने हो भने जीवनलाई सुखमय र अल्पकालको मृत्युलाई रोक्न सक्ने विकास भएको छ यसमा दुईमत नै छैन । समाजमा यस्ता दर्जनौँ उदाहरण छन् तर यसको पछिल्लो उदाहरण हो मेरी आफ्नै हजुरआमाले २०८१ पौष २५ गते १०७ वर्षको उमेरमा हामीबाट भौतिक जीवनबाट सदाका लागि विदा लिनुभयो ।              

१०७ वर्षमा हजुरआमाको व्रम्हलिन

खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं.–३, बाम्राङ कट्टीमा पिता स्व. धरणीधर र माता स्व. जमुनादेवी खतिवडाको कोखबाट जन्मभई रावावेसी गाउँपालिका वडा नं.-२, खार्पा रूभुंग निवासी महानन्द पोखरेलसग ५ वर्षको वाल्य अवस्थामा विवाह बन्धनमा बाधिनुभएको थियो । अहिले २० वर्ष नपुगी विवाह गर्न कानूनले वर्जित गरेको छ तर त्यो समयमा जन्म हुदा नहुदै विवाह गर्ने प्रचलन थियो । न पढाई लेखाईको हुन्थ्यो चिन्ता न थियो कानूनी अड्चन नै । त्यसैले होला यस्ता असोचनीय र अव्यवाहारिक काम भए त्यो समयमा । हाम्रो परिवार भित्र कै एकजना प्रतिनिधि पात्र जिउदो इतिहासको पात्रको रूपमा  हुनुहुन्थ्यो १०७ वर्षिय हजुरआमा रेणुकादेवी पोखरेल । पछिल्लो समय ४० वर्षदेखि कन्काई नगरपालिकाको वडा नं.-१, दुर्गापुर, झापामा बस्दै आउनु भएको थियो छोरा बुहारीसँग।       

हजुरआमाका सन्तान १५३ जना 

हजुरवुवा महानन्द र हजुरआमा रेणुकादेवीबाट पाँच छोरी र पाँच छोराको जन्म भएको थियो । तर अहिले दश मध्येका छोरी र छोराबाट नाति नातिनी,  पनाति पनातिनी, खनाति खनातिनी गरेर १५३ जना भएछन् । जसमा १४२ जना जिवितै छौं हामी । उहाँको सन्तान मध्ये सबैभन्दा जेठी मेरी आमा पद्मकुमारी भट्टराईको २०८१ कार्तिक २६ गते ८८ वर्षको उमेरमा निधन भयो । ५८ दिनको अन्तरमा आमा पछि हजुरआमा गुमायौँ हामीले । शोकमाथि शोक थपियो हामीलाई । मानिसको बुझाईको सोँच र दृष्टिकोण फरक हुन सक्तछ । तर म भने हजुरआमाको स्वर्गारोहणबाट खुशी छु । हजुरआमा गुमाउँदाको पीडा त छ नै तर ८३ वर्षको उमेरमा जेठो छोरा खगेन्द्र र बुहारी गंगाददेवीको रेखदेखमा हुनुहुन्थ्यो हजुरआमा । कान्छो छोराको छोरो नाति शम्भु पोखरेल, अरू परिवारका सदस्य र छोरीहरूको निगरानी र सेवामा कमी थिएन कहिल्यै पनि । तर पनि पछिल्लो समय चौविसै घण्टा सेवा गर्ने छोरा बुहारीको जीर्ण शरीरले नै अरूको सेवाको अपेक्षा खोजेको थियो । मेरो जेठो मामा र माइजु दुवै अस्वस्थ औषधि खाई रहनुपर्ने दीर्घ रोगी । तर पनि आमाको सेवामा कमि हुन दिनु भएन कहिल्यै पनि । हजुरआमा करिव एक वर्षदेखि थला पर्नु भएको थियो ओछ्यानमा । यदाकदा शौचालय जानुहुन्थ्यो मामा र माइजु, लौराको सहारामा । तर पछिल्लो छ महिनादेखि धेरै समय ओछ्यानमा नै हुन थालेको थियो दिशा पिसाव पनि । हजुरआमाको रोजाई, मामा माइजुको सौभाग्य १०७ वर्षसम्म सेवा गर्ने अवसर पाउनु आफैमा ठूलो पूण्य कर्म हो ।                   

सेवा गर्न पाउनु वाध्यता कि अवसर ?       

कतिपयले गलत अर्थ लगाउन सक्छन् कि  पालन पोषण  गर्नु वाध्यता हो भनेर । यसलाई वाध्यताको रूपमा लिने की अवसरको रूपमा । त्यो परिवार र विशेषतः जोसँगै बस्नुहुन्थ्यो, उहाँको सोँच र व्यवहारले स्पष्ट पार्दछ । केटाकेटीसँगको उठवस रमाइलो हुन्छ । तर बुढाबुढीसँगको बसाई झण्झटिलो र पट्यारलाग्दो पनि हुन सक्दछ । किनकी सानो नानी अवसर र जिज्ञासाको खोजिमा हुन्छ भने जेष्ठ नागरिक अरूको सहारा र मायाको खोजिमा । अग्रजले -याल, सिँगान र दिशा पिसाव एकै ठाउँ गर्ने र उमेर ढल्कँदै जाँदा शौचालयसम्म पुग्ने अवस्था पनि हुँदैन । त्यसैले पनि हरेक परिस्थितिमा उमेर ढल्कँदै जाँदा वनले आइज–आइज  र घरकाले जा, जा भनिरहेको विषय मनोवैज्ञानिक ढंगबाट हामीले स्विकार्नै पर्दछ । स्वयं कतिपय जेष्ठ व्यक्तिले समेत छिटै कालले लगे हुन्थ्यो भनिरहेको स्पष्ट सुनेका हुन्छौँ हामीले । त्यो भनेको जीवन भोगाईका अनुभव र तत्कालिन समाजको गतिशिलता प्रतिको असन्तुष्टी । तर जे जति आलोचना र समालोचना गरे पनि हजुरआमाको यो उमेरसम्म सेवा गर्ने छोरा खगेन्द्र र वुहारी प्रति शिर निहु-याएर सम्मान गर्नै पर्छ हामीले । अग्रजको सेवा गर्न पाउनु वाध्यता होइन अवसरको रूपमा लिनुपर्छ सबैले । पक्कै पनि यहीँ कारणले नै हो कन्काई नगरपालिकाबाट जेष्ठ नागरिक अभिनन्दन र विभिन्न सघ/संस्थाबाट पटकपटक सम्मानित हुनुभयो हजुरआमा रेणुकादेवी पोखरेल । र, आमाको सेवा गर्नु भएकोले मामा खगेन्द्र र माइजु गंगादेवी सधैँ प्रशंसाको पात्र हुनुभयो परिवार र समाजभित्र । 

सम्मान र सम्मानित ओज

मेरो हजुरआमा सामाजिक काममा धेरै खट्नुभएको व्यक्तित्व त होइन । तर समाजमा पतित हुने काम पनि कहिल्यै गर्नुभएन । दीर्घजीवन र समाजलाई नैतिक र सहअस्तित्व स्थापित गराउन अविभावकत्व  प्रदान गर्नुभएकोले कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलको अगुवाईमा घरमा नै पुगेर गतवर्ष अभिनन्दित र दर्जनौ संघ संस्थाबाट सम्मानित हुनु आफैमा महत्वपूर्ण र प्रेरणादायी काम हो । हजुरआमा स्वर्गारोहण हुनुभएपछि दुःखमा बस्नुभएका मामा, माइजु र आफन्तजन प्रति समवेदना दिन हामी  खोटाङबाट मामा खगराज खतिवडा, भिनाजु दुर्गा खतिवडा, भाई पर्शुराम र निश्चलजी सहित हामी माघ ३ गते झापा, दुर्गापुर मावलीघर पुग्यौ । शोकमग्न परिवारजन, आफन्तको दुःखमा सहभागी भयौँ । यो हाम्रो सँस्कृति नेपाली समाजको अतुलनीय सम्पति हो । विश्व समाजका लागि यो सँस्कृति अलौकिक र वैज्ञानिक छ । माया र सद्भाव साटेर मावली घरमा एकरात बसेर पेशाले मा.वि. शिक्षक मेरो कान्छो भाई पर्शुराम सहित समाजसेवी काका राजकुमार पोखरेल र हजुरवुवा कुमार पोखरेलसँग नगर विकास, व्यवहारिक शिक्षा र प्रविधिको उपयोग तथा राष्ट्रिय बाँस सम्मेलनको विषयमा महत्वपूर्ण परामर्श गयौँ । राजकुमार काका ८ कठ्ठाको कम्पाउण्डमा बनेको घर र फूलवारी सजावटले उहाँको व्यक्तित्वको सहजै अनुमान गर्न सकिन्छ । कुमार हजुरबुबा पनि प्रतिष्ठित परिवारको सदस्य तर मेरो आग्रहलाई सहजताका साथ स्विकार्दै आउनु आफैँमा सरलताको प्रतिक दर्शाउँछ । दुवैजना प्रतिष्ठित व्यक्ति तर समाज हितका लागि सहयोगी हात बढाउने अलौकिक व्यक्तित्व ! दुवै जनामा न दौलतको घमण्ड छ न बडप्पन ! त्यसैले दुवैजनावीच गहिरो प्रेम छ । माघ ४ गते गम्भिर परामर्श ग-यौँ विर्तामोड स्थित काका राजकुमारको घरमा पुगेर । छोटो तर प्रतिफल मूलक भेटघाटपछि विदा भएर पर्यटन प्रवर्द्धन तथा राष्ट्रिय बाँस सम्मेलन लगायत विकास निर्माणका यावत् विषयहरुमा कुरा गर्न सोही दिन एक रातका लागि विराटनगर गयौँ हामी  । वेलुकीको बास भाई उदय सिग्देलकोमा बसेर माघ ५ गते विहानै सज्जन तथा कर्तव्यनिष्ठ राष्ट्रसेवक पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेको विराटनगरस्थित घर पुगेँ । शिक्षित, सभ्य र सुसँस्कृत परिवार भन्ने प्रत्यक्ष गहिराई चुमेर अनुभूत हुने अवसर मिल्यो सो दिन । यसै त पहिलेदेखि नै म जानकार थिएँ तर आफ्नै मन मष्तिक सहित अन्तर चक्षुबाट दृष्यपान गरेपछि झन गहिरो अमिट छाप बस्यो उहाँको परिवारप्रति । विराटनगरको जेष्ठ नागरिक मार्गमा अवस्थित हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा समाजको अध्यक्ष हुनुहुँदो रहेछ सचिवज्यूको पिताजी जीवेन्द्रराज घिमिरे । ७० वर्षीय जेष्ठ नागरिकको गतिशीलता, स्फूर्तीपन र तर्कसंगत अभिव्यक्तिले म फुरूङ्ग भएँ । समाजमा खोजियो भने नपाईने केहीँ रहेनछ भन्ने महशुस गरेँ उहालाई भेटेर । समाजको, कार्यालयको व्यवस्थापन र भविष्यको सोच र गतिशीलता देखेर । उहाँको नेतृत्वमा ५–६ वर्षका वीचमा भएका भौतिक पूर्वाधारका काम र जेष्ठ नागरिकको हितार्थ भएका काम कार्यालयमा पुगेर हेरेपछि जिल्ल परेँ । वाह ! जीवेन्द्र काका र उहाँको साथमा जुट्नुहुने महानुभावहरू । यसको जति प्रशंसा गरे पनि कम हुन्छ । निश्वार्थ सामाजिक काम गर्नेप्रति हार्दिक सम्मान गरेँ शिर निहु-याएर मैले  विराटनगरमा । आफुसँग स्पष्ट सोँच, निश्वार्थ भावना र अदम्य दृढता भयो भने गर्न सकिन्छ भन्ने उदाहरण हो जीवेन्द्रराज घिमिरेको नेतृत्व । करिव दुई घण्टाको वसाईबाट जीवनमा ठूलो उर्जा प्राप्त गरेँ मैले । त्यो उर्जा लिएर नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेका पिताजीको स्वर्गारोहण भई शोकमा रहनु भएको हुँदा परिवारजनप्रति समवेदना व्यक्त गर्न पुगेँ नीजि निवास । मानिसको घुइचो र समवेदना दिनेको लर्को निकै लामो थियो । मानिसको सम्पत्ति भनेकै यहीँ हो त्यहीँ माथि पनि राजनीतिकर्मीको । केहीँ क्षणको वसाई  पश्चात शोकमा डुव्नुभएका गुरूदाई लगायतका परिवारजनसँग विदा भएर मेरा वुवा पछिका अविभावक साइला काका–काकीको आशिर्वाद लिन ढाटस्थित उहाँको निजी निवासमा पुग्यौँ हामी । काका काकीको आशिर्वाद थापेर सबै परिवारजनसँग विदा भई गाईघाट तर्फको गन्तव्य मोड्नुभयो गुरूजी निश्चल श्रेष्ठले । म गाईघाट पुग्दा अरूलाई नभेटे पनि प्रायः आशिर्वाद लिन पुग्छु पूज्यनीय काका तुलसीप्रसाद रेग्मी र उहाँकी धर्म पत्नीसँग । उहाँको आशिर्वादले सधैँ उर्जा प्राप्त हुन्छ मलाई । त्यही उर्जालाई पुनर्ताजगी गर्न पुगेँ उहाँको निवासमा । 

सामाजिक अग्रणी तुलसी काका

मैले नचिनेका तर समाजमा योगदान गर्ने हजारौँको संख्या हुनसक्दछ  नेपथ्यमा । तर हामीले खोजेनौँ वा पहिल्याउन सकेनौँ त्यस्ता महत्वपूर्ण सम्मानित व्यक्तित्वलाई । तर पनि कुनै न कुनै ढंगले भेटिनेछ त्यस्ता अद्भुत सामाजिक ज्ञान र सीपका मुर्धन्यलाई । जब विराटनगर हुँदै गाईघाट पुगरे भेट भयो साहित्यिक, राजनीतिक र मूर्धन्य अन्वेषक पुज्यनीय तुलसीप्रसाद रेग्मीसँग । उहाँले १०० वर्ष उमेरको सिँढी तय गरिसक्नुभएको छ तर आँखा र जाँगरमा छैन कुनै समस्या । यो उमेरमा पनि राम्रैसँग ठम्याउन सक्नुहुन्छ मानिसलाई । पहिलेदेखि नै मलाई अति नै प्रेम गर्नुहुन्छ, सत्कर्म र असल पात्र हुने आशिर्वाद दिएर थाक्नुहुन्न । बरू भोकै बस्नु अरूलाई नठग्नु, चोरी नगर्नु र राज्य कोषको अनावश्यक दोहन नगर्नु उहाँको साश्वत उपदेश । सत्ताधारीले केही काम नगरे पनि नागरिकको करबाट संकलित रकम हिनामिना गरेन भने पनि कालान्तरमा सम्मान पाउछ त्यस्तो नेतृत्वले । तर सत्तामा गएपछि सुख सयल र राजशी जीवन जिउने लालचले भ्रष्टाचार मौलायो र यो व्यवस्थाको धज्जी उडाइयो । उहाँलाई यो उमेरमा पनि समाज विकास र लोकतन्त्र प्रतिको गहिरो छाप छ । सफा मन, सरल स्वभाव र सुतिक्ष्ण वुद्धि नै वयोवृद्ध समाजसेवी काका तुलसीप्रसादको ठूलो सम्पति हो । यो उमेरमा पनि निरन्तर कलम चलाउने र पुस्तक अध्ययन गर्नै पर्ने नशा छ उहाँको । पिताजीले झैं उहाँका जेठा छोरा साहित्यकार नगेन्द्रराज रेग्मीले मलाई सधैं सकारात्मक र प्रेरणादायी सुझाव दिएर उत्साहित र गतिशील वनाई रहनुहुन्छ । यो नै मेरो अगाडिको यात्राको दह्रिलो आधार स्तम्भ हो र ठूलो सम्पत्ति पनि । रात्रीवास दोर्पा निवासी खोटाङे सपूत एथलेटिक्सका राष्ट्रिय-अन्तराष्ट्रिय रेफ्री दुर्गा कठायतको निवासमा भएकोले सँगै थियौँ हामी । त्यहाँबाट आशिर्वाद थापेर विजयखर्क निवासी रमेश पोखरेल, वाम्राङ बसोवास गर्ने समाजसेवी अगम कार्की सहित केहीँक्षण कोशी प्रदेश प्रमुख सम्माननीय पर्शुराम खापुङ र खोटाङ पुँवाला स्थायी निवासी चर्चित कथावाचिका राधिका दासीसँग गाईघाटमा भेट्यौँ । गाईघाट बजारमा ५ गतेदेखि शुरूभएको महापुराणमा आउनु भएको रहेछ दुबैजना । मेरो विगतदेखि नै दुवै व्यक्तित्वसँग नजिकको सम्वन्ध छ । प्रदेशप्रमुख खापुङ परिपक्व व्यक्तित्व, समाजप्रति उत्तदायी र मिलनसार स्वभावको हुनुहुन्छ । सानो–सानो विषयलाई मिहिनसँग केलाएर विश्लेशण गर्ने स्वभाव मलाई खुवै मन पर्छ उहाँको । भान्जी राधिका दासीको विषयमा मैले लेख्दा अपुरो हुने भएकोले उहाँको विषयमा लेखिनँ मैले । किनकी उहाँको तार्किक क्षमता, अपार ज्ञान र मन्त्रमुग्ध पार्ने वाणीको मैले चर्चा गर्नै पर्दैन । देश विदेशमा प्रशिद्धि कमाउनु भएको अद्भुत माता हो उहाँ । खोटाङ पुँवाला पुर्ख्यौली थलोको खुबै चर्चा गर्नुहुन्छ भेटमा । छोटो कुरापछि हामी विदा भयौँ त्यहाँबाट । बेलुकीको बास दुर्गा दाईकोमा भएकोले हामी चुहाडे तर्फ मोडियौँ रात्री विश्रामका लागि । विगतदेखि नै दाजु र भाउजुको मप्रतिको सद्भाव अतुलनीय छ ।                              

अन्त्यमा,  हजुरआमा र आमालाई यो वर्ष अन्ठाउन्न दिनको अन्तरालमा गुमायौँ हामीले । जन्म दिएर संसार देखाउने आमालाई गुमाउँदाको पीडा व्यक्त गर्न सकिन्न । तर यो रित हो स्वीकार्नुको पनि छैन विकल्प हामीसँग । उहाँहरू हामी वीच नरहे पनि असल कर्म र सत्कार्य गरिरहने प्रेरणा मिलोस् । जसरी विगतमा लोकतन्त्रका लागि तुलसीप्रसाद रेग्मी र विराटनगरमा जीवेन्द्रराज घिमिरेहरूले निश्वार्थ प्रणकासाथ समाजका लागि समर्पित हुनुभएको छ । त्यस्तै मैले प्रेरणाको स्रोतका रूपमा लिएको अर्को व्यक्ति हुनुहुन्छ पूर्व मन्त्री गणेश साह । न बडप्पन, न कुनै स्वार्थ केवल समाजको हितमा छ उहाँको गन्तव्य । उहाँ र उहाँहरू जस्तै सैकडौँ समाजको सेवामा तल्लिन सत्कर्मी हातहरूप्रति सम्मान व्यक्त गर्दै मेरी पूज्यनीय हजुरआमा रेणुकादेवी पोखरेल र जन्मदाता आमा पद्मकुमारी भट्टराईप्रति ससम्मान भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।

(२०८१ माघ ९ गते बुधवार)

[लेखक तीर्थराज भट्टराई हाल दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ] 

[यो पनि-एक युगको अवसान ]
 

——————————–तीर्थराज भट्टराई दैवको खेल वा प्रकृतिको नियम जन्मपछि मृत्यु अवश्यभावी छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६...

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीबाट खेलकुद प्रतियोगिताको उद्घाटन तथा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ...

बाँसैबाँसद्धारा निर्माण गरिने संग्राहलयका लागि सहयोग गर्न मन्त्री पाण्डेलाई नगरप्रमुख...

युवराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

Horoscopes Icon

All Horoscopes