सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ६, २०८०, Diktelrupakotmajhuwagadi

Image

दुर्गाप्रसादको जागिर किन गयो-कार्यसम्पादन मूल्यांकन कम भएर वा भित्रिवस्त्र धुन इन्कार गरेर ?

 

हलेसीन्युजडेस्क, खोटाङ ।

खोटाङका स्थानीय सञ्चारमाध्यमहरुमा एक कार्यालय प्रमुखले आफ्ना मातहतका निम्न वेतनधारी कर्मचारीमाथि  अन्याय गरेको समाचार यतिखेर भाइरल बनिरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा.उमेशकुमार मेहताले त्यहाँ काम गर्ने कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई जागिरबाट हटाउनुको कारण हाकिमको भित्री वस्त्र धुन इन्कार गरेको भन्ने समाचार सार्वजनिक भएपछि  भाइरल बनिरहेको हो ।

२०७१ अशोज १७ गते आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङमा कार्यालय सहयोगीका रुपमा करार नियुक्ति पाएका आचार्यलाई कार्यालय प्रमुख डा. मेहताले गत माघ १ गतेदेखि म्याद नथपिदिदा उनी बेरोजगार बन्न पुगेकाछन् । हाकिमले आफूलाई लुगाकपडा धुन लगाउने तर  भित्री वस्त्र धुन नमान्दा जागिरबाटै हटाइदिनुभयो -आचार्य गुनासो गर्दै कर्मचारीका विभिन्न पेशागत संघसंस्थाहरुलाई गुहारिहेका छन् । करारको जागिर गएपछि आफू र आफ्नो परिवार  सहाराविहिन बन्न पुगेको आचार्यको गुनासो छ ।

हलेसी एफएमले आयुर्वेद स्वस्थ्य केन्द्रमा सम्पर्क गरेर यस सम्बन्धमा सोधिदा कार्यालय प्रमुख डा. मेहताले प्रदेश करार कार्यविधि २०७८ बमोजिम करारमा नियुक्त कर्मचारीहरुलाई कार्य सम्पादन मूल्यांकनका आधारमा म्याद थपघट गर्न सकिने बताउदै आफूमाथि लागेको आरोप सरासर झुट भएको दावी गर्नुभयो । 

तर बेसहारा दुर्गाप्रसाद यतिखेर तातो समाचारको भाइरल पात्र मात्र बन्ने हुन कि उनको गुनासो सम्बद्ध निकायले सुनेर न्यायको अनुभूति पनि प्राप्त गर्ने हुन—एकिन हुन सकेको  छैन ।

 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको साकेला गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा १–३...

स्थानीय सरकारलाई बुझायो १८ बुँदे शिक्षा सुधार सम्बन्धि ज्ञापनपत्र हलेसीन्युजडेस्क, खोटाङ नेपाल...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

हलेसीन्युजडेस्क,खोटाङ आज देशैभरि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन...

Horoscopes Icon

All Horoscopes