सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ३१, २०८०, Khotang

Image

कृषि विज्ञ मदन राई प्रहरी हिरासतमा / व्यवहारिक यौन शिक्षा कि यौन दुराचार कानूनको कसीमा पर्गेलिने

 

हलेसीन्युजडेस्क, खोटाङ /

बाल यौन दुरुपयोगको मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ । प्रहरी श्रोतका अनुसार जिल्ला अदालत खोटाङले आइतवार राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

एक राष्ट्रिय अनलाइन खवरमा राईको वालयौन दुराचार सम्बन्धि लामो समाचार प्रकाशित भएपछि यस सम्बन्धि चर्चा चारैतिर फैलिन पुगेको थियो । यसका साथै पिडितका तर्फबाट मौखिक तथा लिखित उजुरी परेको जनाउदै गत शुक्रबार दिक्तेलरुपाकोट मझुवागढी वडा नं. २ सोल्मास्थित शुभम् फाउन्डेसनबाटै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शुभम् फाउन्डेसनले खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा स्थित  जनजागृति माध्यमिक विद्यालयमा व्यवहारिक शिक्षा अन्तर्गत  ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । राईमाथि सोही विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।

अहिले कृषि विज्ञ राईको यौन शिक्षा सम्बन्धि धारणा र गतिविधिका वारेमा फरक फरक प्रतिकृयाहरु सामाजिक सञ्जालमा पस्किइन थालेको छ । वालवालिकाहरुमा यौनचेतको शुरुवातसँगै उनीहरुलाई व्यवहारिक ढंगबाट यस सम्बन्धि ज्ञान दिलाएर समाजमा वलात्कारजन्य व्यभिचार र हिंसालाई रोक्न आफू कृयाशिल रहेको राई बताउनुहुन्छ । प्रकृति प्रदत्त शारीरिक अंगहरुलाई हेर्न, छुन वर्जित गरिने परम्पराले थप वलात्कारजन्य अपराध घटिरहेको उहाँको भनाइ छ । राईले विगत लामो समयदेखि नै आफ्नो सामाजिक सञ्जालहरुमा पनि वारम्वार सार्वजनिक ढंगबाट उच्चारण गर्न असहज मानिने शारीरिक अंगहरुको नाम लेख्दै आइरहनु भएको थियो । कतिपयले कृषि विज्ञ राईको यौन सम्बन्धि व्यवहारिक शिक्षामूलक अवधारणालाई वर्तमान समाजले बुझ्न नसकेको र उहाँलाई दुख दिन खोजिएको आरोप लगाएका छन् ।

तर एक थरी धारणा राख्नेहरु उहाँको यो कृयाकलापले थप सामाजिक आचारसंहिता तोड्दै अरु यौनजन्य विकृति थप्न सहयोग पुगेको, त्यहाँ अध्ययनरत वालवालिकाहरु राईको व्यवहारबाट यौन ह्रिंसामा प्रताडित हुनु परेको तर्क गर्ने गरेका छन् ।

गिरफ्तार हुनु अगाडि राईले आफ्नो स्टाटसमा ‘‘यौन र श्रम शिक्षा अभियान हो मेरो । यौन हिंसा होइन र श्रम शोषण होइन ’’ भन्दै यस सम्बन्धमा वहस गर्ने समय आएको उल्लेख गर्नुभएको छ । 

शुभम फउण्डेशनको मातहतमा सञ्चालन हुदै आइरहेको जनजागृति माध्यामिक विध्यालयमा जीवनमा आवश्यक पर्ने सबै सिप व्यवहारिक ढंगबाट विध्यार्थीहरुलाई सिकाइने कारणले यसको चर्चा देशका अन्य जिल्लाहरुमा समेत हुने गरेको छ । टाढा टाढाबाट यहाँको शैक्षिक गतिविधिको अवलोकन,अनुसन्धान गर्न समेत शिक्षक, विध्यार्थीहरु र अनुसन्धानकर्ताहरु आउने गरेको पाइन्छ ।

उच्च शिक्षा आर्जन गरी देश विदेशको राम्ररी अनुभव सँगालेका राई आफ्नो सम्पतिको महत्वपूर्ण हिस्सा खोटाङ जिल्लामै लगानी गरेर शुभम फाउण्डेशन स्थापना गरी सोही मार्फत कृषि तथा शैक्षिक क्षेत्रको सुधारमा लागेका कारण जिल्लावासीहरुमा सम्मानित व्यक्तित्वका रुपमा चिनिुनुहुन्छ ।

उहाँको यौनशिक्षा सम्बन्धिको अवधारण र गतिविधिलाई कानूनले कसरी पर्गेल्छ, उहाँको व्यवहारिक यौन शिक्षाको अभियान थप परिस्कृत र समाजोपयोगी हुने हो की कानूनतः दण्डनीय ठहर भएर अब यतिमै रोकिने हो, उहाँको व्यवहारिक यौन शिक्षालाई यौनहिंसाको मानसकिताबाहिर अलग्गै राखेर सिकाउन सकिने कुनै मापदण्ड छ या छैन ? मदन राई गिरफ्तारी घटनासँगै यतिखेर समाजको अगाडि यस्ता केही प्रश्नहरु तरंगित हुन पुगेकाछन्, जुन न्याय निरोपणसँगै जवाफको रुपमा उजागर हुने अपेक्षा गर्न सकिन्छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको साकेला गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा १–३...

स्थानीय सरकारलाई बुझायो १८ बुँदे शिक्षा सुधार सम्बन्धि ज्ञापनपत्र हलेसीन्युजडेस्क, खोटाङ नेपाल...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

Horoscopes Icon

All Horoscopes