सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जीवन र जगत

कार्तिक ५, २०८१, Khotang

Image

सत्तरी वर्षमा आफन्त भेट्दा ..........!!

   [ यात्रा संस्मरण तथा पुनर्मिलन]

 

कार्तिक २ गते २०८१, शनिबार काठमाडौबाट पूर्वसांसद कुलप्रसाद फुयाँल, दोर्पा निवासी भाउजु ललिता खनाल, छोरा अध्ययन भट्टराई र चालक निश्चल श्रेष्ठ सहित बिहानै ४ बजे अघि बढ्यौँ–दिक्तेलतर्फ । वर्षातपछि केहीदिन बन्द भएको वीपी राजमार्ग भर्खरै खुलेको थियो ।

सडकको अवस्था र सडक आसपासको प्राकृतिक विपत् हेर्दा आँखाबाट आशु आए । भयावह छ अवस्था । तर पनि सबै पक्षले सम्हालिंदै प्राकृतिक विपतको सामना गर्नुको छैन विकल्प । यही क्रममा केही दिन अगाडि काठमाडौबाट दिक्तेल आउने बस सिन्धुलीको वीच सडकमा नै दुर्घटना भएको थियो । २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । दुर्घटना भएको उक्त बस १५ दिन अगाडि मात्रै नयाँ खरिद गर्ने गाडी मालिक थिए–कान्छा कार्की । लामो समयदेखि यातायात व्यवसायमा सलग्न हुन् उनी । बाहिरबाट हेर्दा बस मालिकले प्रशस्तै पैसा कमाएको देखिन्छ तर उसले बैँकबाट लिएको ऋण र कच्ची सडकमा भाँचिएका पार्टपुर्जाको हुदैन लेखादोखा । त्यसभित्र आईपर्ने अप्ठ्यारो र असहजतालाई फस्र्याउन सक्छु भन्ने हिम्मतले नै गरिन्छ जोखिम मोलेर व्यवसाय । 

हामी खानाखान पुग्यौं ११ बजे जयरामघाट । खाना खाएर यही  पीडाबाट गुज्रिएका युवा व्यवसायी कान्छा कार्कीलाई सहानुभूति प्रकट गर्न पूर्व माननीय कुलप्रसाद फुयल र म जयरामघाट स्थित कार्की होटलमा पुग्यौं । कार्कीजीसँग भेट भएन । दुर्घटनामा घाइते भएकी जेठी छोरी, कान्छी छोरी र त्यहाँ हुनुहुदो रहेछ उहाकी श्रीमति । हामीले सद्भाव र सहानुभूति बाँडि रहदा आउनुभयो ७५–८० वर्ष हाराहारिका २ जना अपरिचित पुर्खाहरु । उमेरले पाको हुनुभएकोले दुई हात जोडेर गरेँ सम्मान र मैले मागेँ उहाँहरूको परिचय । अप्ठेरो गरेर बोल्नुभयो नेपाली भाषा र झापा घर भएको दिनुभयो जानकारी ।

बोल्दै र बुझ्दै जाँदा विगत ७५ वर्षदेखि बस्नुहुदो रहेछ भारतको पश्चिम बंगाल स्थित आलेपुर जिल्ला मादरीहाटमा । जग्गा जमिन भएकोले घर झापा भनिएता  पनि असली हुनुहँुदो रहेछ भारतीय नेपाली । जन्म सोलुको वाक्सा तर ५ वर्षको वाल्यावस्थामा आमाले दुई दाजुभाई च्यापेर भौतारिँदै पुग्नु भएछ भारत । तत्कालिन समयको परिवेश र महिलामाथि लगाउने लान्छना र असह्य विभेदको पीडा सहन नसकेर हुनसक्छ विस्थापित हुनु परेको । त्यो विभेद र पीडा हामी पुरूषले व्यक्त गर्न सक्दैनौँ होला, तर पक्कै पनि अन्तष्करणबाट गर्न सकिन्छ अनुभूति । नभए ४ सन्तान  मध्येका १० वर्षीय जुम्ल्याहा गंगा र जमुनालाई त्यहीँं छोडेर किन हिड्थिन् वर्षेनीका ५ र ६ वर्षीय छोराहरुलाई कुम्लोमा बोकेर परदेश ।  त्यतिबेलाको परिस्थिति र परिवेशले काखका छोरा लिएर तिरस्कृत भएर हिड्नुभएको लगाउन सकिन्छ अनुमान । उहाँ एउटा प्रतिनिधिमूलक पात्र हुनुभयो । तर अहिले पनि सैकडौँ नारीहरूले प्रत्यक्ष/अप्रत्यक्ष कुनै न कुनै ढंगबाट बनिरहनु परेको छ विभेदको शिकार । यो स्वीकार्नै पर्छ हामी पुरूष र अगुवा सामाजिक कार्यकर्ताले । 

उहाँहरूको केही क्षणको कुरा सुन्दा वियोग र जीवन संघर्षको कथाले हामीलाई बनायो भावविह्वल । राष्ट्रियता र आफन्तजन प्रतिको समर्पण यहाँ लेख्न र बोल्न नसकिने तर केवल हामी कथा सुन्नेले गयौँ मर्माहत हुने अनुभूति । 

न थर, न ठेगाना ७० वर्ष अगाडि बिछोड भएकी दुई दिदी गंगा–जमुना खोज्न आउनु भएको रहेछ ७५ वर्षीय पदमबहादुर । न थर, न ठेगाना छ, उहाँहरूसँग केवल रहेछ खोटाङको सुङदेलमा विवाह भएको सूचना । रावाखोला आसपास आफन्तजन भएको पनि सुनाउनुभयो अल्पअल्प कुरा । पदमबहादुरको आमा, उहाँ १८ वर्षको हुँदा नहुँदै परमधाम हुनुभएको रहेछ भने दाजु पनि १६ वर्ष पहिल्यै जानु भएको रहेछ मास छर्न । ८५ वर्ष हाराहारी पुग्न लाग्नुभएको २ दिदीको खोजिमा खोटाङको सिमाना जयरामघाटमा भेटभयो हामीसँग  २ कार्तिक २०८१ को शनिवार । ओहो !! कस्तो पूण्य कर्म !! यस्ता सद्धर्मी मानिस समेत छन् यो संसारमा । म उहाँहरूको आफन्तजनप्रतिको समर्पणबाट नतमस्तक भएँ अन्तर्मनबाटै ।  

हामी कार्की परिवार प्रति सद्भाव व्यक्त गर्दै विदा भयौ त्यहाँबाट । स्कारपियो गाडी भाडामा लिएर ७७ वर्षीय नातेदार डिल्लीप्रसाद निरौला, छोरा रूपेश कार्की, कमल गुरूङ र गाडी चालक बालकृष्ण फुयल सहित ५ जनाको टोलिसँग हिड्नुभएको रहेछ दिदी र उहाँका सन्तान खोज्न । यो महान पवित्र कर्ममा सहयोग त गर्नै पर्छ तर कसरी गर्ने मनमा खुलदुली भयो । म परेँ अक्क न बक्क । मनमा कुरा खेलाउँदै मैले जानकारी लिन सुङदेलका वडा सचिव दिलकुमार श्रेष्ठलाई फोन गरेँ र  गंगा–जमुनाको विषयमा बुझेँ । तर उहााँले अनभिज्ञता प्रकट गर्नुभयो । हाम्रै नगरको वडा नं.–२ सोल्मा निवासी दिलकुमार केहीँ वर्षदेखि सरकारी सेवामा कार्यरत हुनुहुन्छ त्यहाँ । पूर्व परिचित भएकोले कुरा फस््र्याउँन सजिलो भयो मलाई  । 

आफुबाट असम्भव भएपछि उहाँले नेपाली कांग्रेसका नेता इच्छाबहादुर पौडेलको दिनुभयो सम्पर्क नम्बर । मैले वेलिविस्तार लगाएर सहयोगको अपेक्षा गरेँ इच्छा दाईसँग । मेरो राम्रो सम्बन्ध थियो उहाँसँग करिव २५ वर्षदेखि । ३–४  घण्टाको समय माग्नुभयो बुझ्नको लागि । फोनमा कुरा गर्दै जयरामबाट अघिअघि हामी र उहाँहरू आउनुभयो पछिपछि गाडीमा । दिक्तेल पुग्यौँ ३ घण्टामा । सिधै नगरमा पुगेर मैले उहाँहरूको विषयमा चारै तिर पुनः फोन सम्पर्क गरेँ । आश्वासन आयो इच्छा दाईबाट तर कतैबाट आएन लक्ष्य पुरा हुने विषय । यसै वीच नगरपालिकाको केहीँ महत्वपूर्ण काम सकेर हौंचुर वडाध्यक्ष चिरन्जिवी कार्कीको घर हिड्यौँ । स्कार्पियो गाडी भएकोले सहजै थियो जानलाई । 

जाल्पामा पार्टी वडा सभापति धर्मराज राई र पार्टी जिल्ला सहसचिव साजन राईसग छोटो कुरा गरेर अघि बढ्यौँ कुभिण्डेतर्फ । ओखलढुङ्गाका प्रजिअ नारायण ढकाल उहाँहरूको नातेदार हुनुभएकोले भयो पटकपटक कुराकानी । सहयोगको लागि मलाई गर्नुभयो अनुरोध । ७ वजे साँझ पुग्यौँ गन्तव्य स्थानमा । कार्कीको रवाफ र अतिथि सत्कारमा अब्बल मानिन्छ त्यो घर । पटकपटक पुगेर बसेको छु विगतमा । घरमुली समाजसेवी गजेन्द्र कार्की, रविन्द्र कार्की, वडाध्यक्ष चिरन्जिवी कार्की र बुहारीहरू हुनुहुन्थ्यो घरमा । बहिनी रीता र मित्र प्रदीपसँग भयो फोनमा कुराकानी । दुबै जना भक्तपुर हुनुहुन्थ्यो तर गर्नुभयो हृदयबाटै हौंचुरको आफ्नो घरमा टेलिफोन मार्फत स्वागत । बेलुकी छलफल ग-यौँ । रूपेशजीको आफन्तको विषयमा । तर उहाँहरूले भने अनुसारको कोही आफन्त मानिस नभएको स्पष्ट भयो त्यहाँ । काका गजेन्द्र कार्की सबै थाहा पाउने पुरानो समाजसेवी हुनुभएकोले त्यो गाउँमा थप खोजि गरिरहनु पर्ने थिएन औचित्य । बेलिकीको खाना खाएर आराम गर्यौं १० बजे हाराहारी । 

हौँचुरमा पुराना पार्टीका नेता खगेन्द्र कार्की र जनक कार्की हुनुभएकोले मेरो आग्रहमा विहान ४ बजे नै गयौँ दुबै नेतृत्वलाई भेट्न । विहानै आएको देखेर छक्क पर्नुभयो दुवै जना । जनक दाई पार्टीमा लामो संघर्ष गर्नुभएको नेता । निष्ठावान र स्वाभिमानीको पहिचान छ पार्टीभित्र । तर भूमिका र जिम्मेवारी दिने समयमा छैन कुनै मूल्यांकन । पार्टीले पटकपटक अवसर दियो अरूलाई तर कहिल्यै पर्नु भएन जनकदाई मूल्यांकनको कसीभित्र. !! उहाँको सरलपन, त्याग र निष्ठालाई सम्मान गर्दै विदा भयौँ त्यहाँबाट । सबै साथीहरू भए ठाउँमा निक्लयौँ, र ६ बज्दा नबज्दै बाक्सिला जानलाई हिड्यौँ विदा मागेर हामी कार्की निवासबाट । रूपेशजीले ल्याउनुभएको गाडी बाक्सिला नजाने भएकोले जाल्पामा व्यवस्था गरेका थियाँैं टाटा सुमो । 

जाल्पामा मितज्यू साजन, धर्म दाईसँग बिदा भएर जीवन अधिकारी “मुन्द्रे “ को गाडीमा पुग्यौँं २ घण्टामा बाक्सिला । तरूण नेता अनुप राईको होटलमा बस्यौँ हामी । उताबाट आउनुहुने ७५ वर्षीय पदम कार्कीको घुँडामा समस्या भएकोले थिएन सुङदेल जाने अवस्था । मेरो इच्छा दाई र चिना पौडेलसँग सल्लाह भए अनुसार बाक्सिला आउने सल्लाह भएको थियो त्यहाँ भएका गंगा–जमुनाका 
परिवार । २ घण्टा पैदल हिंडेर १२ बजे बाक्सिला आईपुग्नुभयो आफन्तजन ।  

भेटपछि पहिल्याउँन थाल्नुभयो नाताको बास्तविकता । आफन्त र लहरो बुझ्दै जादा बास्तविक परिवारका सदस्य वीच ७० वर्ष अन्तरालमा मिलन भएको ठहर भएपछि भयो खुशियालीको कोकोहोलो र रूवावासी । सम्बन्धको फेद र टुप्पो मिलेपछि यो भन्दा खुशी के हुन सक्छ ? त्यो परिवारको लागि । अनुपजीको होटलमा नै आउनुभयो पालिका अध्यक्ष समिर राई, समाजसेवी भक्तजंग राई, शिक्षक रामचन्द्र खत्री र अरू धेरै साथीहरू पनि । त्यहाँ हाम्रो विकास निर्माण, शिक्षा, कृषि लगायतका विषयमा छलफल भयो मिहिन ढंगबाट । पालिका सभापती हेमन्त राईको आमा अस्वस्थ हुनुभएकोले साक्सिला  पुगेर स्वास्थ अवस्था बुझेँ मैले । सामान्य भेटपछि  बजार फर्किएर पारिवारिक पुनर्मिलनमा सहभागी भएँ म पनि । 

सुङ्देलबाट आउनुभएको थियो गंगाको छोरा टेक बहादुर र श्रीमति, छोरीद्वय सूर्यकुमारी र चिना तथा मलाई त्यो परिवारसँग जोड्ने सम्पर्क सूत्र समाजसेवी इच्छाबहादुर पौडेल । गंगाकी अर्की छोरी चार्कुली उदयपुरको रामपुर बस्ने गरेको जानकारी भयो । त्यसैगरी जमुनाका छोरा भगत झापाको चन्द्रनागी र छोरी लीलामाया अमेरिका बस्दै आउनुभएको एकिन गर्नुभयो मावली कार्की परिवारले । 
७० वर्षपछिको पारिवारिक भेट सकेर विदा भयौँ हामी र फर्कियौँ गन्तव्यतर्फ । त्यो भेट थियो आफैँमा ऐतिहासिक र मर्मस्पर्शी । बाटोमा सप्तेश्वरका शिक्षक ईश्वर राई र दम्पतिलाई भेटेर भर्खरै पुत्रीलाभ भएकोमा बधाई दिंदै पुग्यौँ जाल्पा वडा कार्यालयमा । वडाध्यक्ष दानबहादुर राई, कार्यपालिका सदस्य धनशोभा राईले वडामा रोपेको उसिनेको अग्र्यानिक भटमास खुवाउँदै गर्नुभयो स्वागत । केहीँ समयको भेटघाटपछि विदा भएर हामी अघि बढ्यौँ हुर्लुङतर्फ । उहाँहरू उदयपुर पुग्न हतारिनु भएकोले पनि दिन सकेनौँ लामो समय ।     
हुर्लुङमा ४.१० मा विदा भएर म दिक्तेल झरेँ । मुन्द्रेसँग भनेँ उहाँहरू स्कार्पियोमा ७५ वर्षीय पदमबहादुर कार्की, ७७ वर्षीय डिल्ली प्रसाद निरौला, रूपेश क्षेत्री कार्की  र आफन्त चिनाएर सम्बन्ध गाढा बनाउँन गंगा दिदीका छोरा टेकबहादुर पौडेललाई समेत सँगै ल्याउनु भएकोले उहाँ समेत साथमा जानुभयो सँगै । अमेरिकाबाट रूपेशजीसँगै आएर परिवार भेटमा योगदान पर्याउने कमल गुरुङ जरूरी कामले विहानै जाल्पाबाट उदयपुर झरिसक्नुभएको थियो जिपमा । गाडी चालक अति मिलनसार मित्र बालकृष्ण फुंयललाई समेत बाईबाई गर्दै विदा गर्यौँ खुशी मनले । 

निष्कर्ष–७० वर्षपछिको भेट आफैंमा अनौठो र अविष्मरणीय रह्यो । न परिकल्पना थियो भेट हुने, न सम्भावना नै । स्पष्ट नाम, थर र ठेगाना विनाको अवस्था । तर गंगा–जमुना त्यो समयको नाम र खोटाङको साँकेतिक ठेगानाबाट यो भेट सम्भव भयो । ७० वर्ष अगाडि छोडिनु भएको दिदीलाई भेट्ने ईच्छा गर्नुहुने पदम र बुबाको ईच्छा पुरा गर्ने स्वधर्मी, पितृभक्त छोरा रूपेश धेरै धन्यवादको पात्र हुनुहुन्छ । यो सत्कर्ममा सहयोग गर्ने सबै प्रियजन धन्यवादको पात्र बन्नुभएको छ । पुनर्मिलनमा मुख्य पात्र गंगा–जमुना ३०–३१ वर्ष अगाडि स्वर्गवास भए पनि यो पारिवारिक भेटबाट मृतकको आत्मा खुशी भएको छ पक्कै पनि । उहाँहरूसँग नियतिले भेट हुन नदिए पनि ७० वर्ष पछि मावली र भान्जाभान्जीको भेट आफैँमा ऐतिहासिक रह्यो । उहाँहरूको सम्बन्ध सधैँ गाढा र चीरस्थायी बनोस्, बनिरहोस–हार्दिक शुभकामना !!!

    (नियात्राकार दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ-सं.)

[ यो पनि-दंगालजीसँगै गाडिमा असारे यात्रा ]

 

[ यात्रा संस्मरण तथा पुनर्मिलन] तीर्थराज भट्टराई कार्तिक २...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

Horoscopes Icon

All Horoscopes