सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १२, २०८०, Khotang

Image

खोटाङ वुइपामा प्रथम किराँत राजा यलम्वरको शालिक-निर्माण हुँदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. -१४ बुइपा  स्थित पन्चदोबाटोमा किँरात राजा यलम्बरको शालिक निर्माण भैरहेको छ  । प्रदेश सरकारको तर्फबाट ७० प्रतिशत र स्थानीय तह अन्तर्गत दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको तर्फ बाट ३० प्रतिशत बजेटबाट पञ्चदोवाटो नजिककै भूभागमा यलम्बर पार्कका साथै १०० फिट अग्लो किराँत वंशका प्रथम राजा यलम्वरको शालिक निर्माण भैरहेको उंमातुवाचुङ अनसुभि जे.भि. काठमान्डौका चियरम्यान सुनिल रार्ईले हलेसी एफएमलाई जानकारी गराउनु भएको छ  ।

उमा तुवाचुङ  अनसुभि जे.भि. काठमान्डौले  २०७८ असार २८ गते  रु. ११ करोड ५८ लाख १६ हजार ४४१ मा ठेक्का सम्झौता  गरेर काम सुचारु गरिरहेको  छ । प्रशद्धि कलाकार तथा प्राज्ञ धनु याक्खाको सुपरभिजनमा मूर्तिकारहरु भक्तिराम राई लगायत वीसजना दिनमा ३ देखि २० जना सम्मको मुर्तिकार टिमले फाइवरबाट उक्त यलम्वरको शालिक निर्माण गरिरहेको  जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१४ बुइपाका स्थानीयवासीले स्थानीय तहको पहिलो निर्वाचन पछि  बुर्ईपा पञ्चदोबाटोमा  किँरात राजा यलम्बरको शालिक निमार्ण गर्ने सरसल्लाह गरेर ३० फिटको यलम्बरको शालिक निर्माण गर्ने सोच बनाए पनि पछि बिराटनगर गै तत्कालिन मुख्यमन्त्रि शेरधन राई तथा नगरपालिकाका तत्कालिन जनप्रतिनिधिहरुसँगको सल्लाह अनुसार अहिले  १०० फिट अग्लो राजा यलम्बरको शालिक निर्माण  भैरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ का  वडाध्यक्ष दिनेशकुमार राईले बताउनुभयो ।

मानव सभ्यताको विकास र ऐतिहासिक विरासतलाई जिवन्त राख्न राजा यलम्वरको शालिक कोशे ढुङ्गाको रुपमा मानिने विश्वास गरिन्छ । यो निर्माणसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मात्र होइन खोटाङ जिल्लाकै पर्यटकीय गन्तव्यको रुपमा यो क्षेत्रको प्रवर्द्दन हुने वडाध्यक्ष राईको दावी छ ।

वडाध्यक्ष राईका अनुसार यतिखेर यलम्बरको शालिक निमार्णको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी काम यो आर्थिक बर्ष भित्र नै गरिसक्नु पर्ने वडाध्यक्ष राईले जानकारी दिनु भएको छ ।
 

 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरू...

हलेसीन्युजडेस्क, खोटाङ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा...

हलेसीन्युजडेस्क, खोटाङ नेपाल नेत्र ज्योति संघ खोटाङले ४६ औँ वार्षिकोत्सव मनाएको...

हलेसीन्युडेस्क, खोटाङ कोशी प्रदेश सरकारले धनकुटा अ‍ौद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी...

कल्याण गुरुङ (केन्द्रीय सदस्य, नेपाली कांग्रेस) नेपालको राजनीतिमा ‘अस्थिर...

Horoscopes Icon

All Horoscopes