सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

जेठ १५, २०८०, Nepal

Image

१६ औँ गणतन्त्र दिवस यसरी मनाइदै

 

हलेसीन्युजडेस्क, खोटाङ /

नेपालमा इतिहासले एतिहासिक मोड लिएको अविष्मरणीय  दिन हो आज । मुलुकमा करिब अढाई सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको बिदाइ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी देशव्यापी रूपमा आज गणतन्त्र दिवस मनाइँदै छ । मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

विसं. २०६२ / ६३ को जनआन्दोलनको जगमा गठन भएको जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।   विसं. २०६३ वैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रद्वारा २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरिएको थियो भने विसं. २०६३ जेठ ४ गतेको संसद्को बैठकले राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसै गरी सो बैठकले तत्कालि सशस्त्र आन्दोलनरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधान सभाको निर्वाचन गर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो । 

यसै राजनीतिक विकासक्रमको जगमा २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भएको थियो । सोही संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । त्यसै गरी २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी ग-यो । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूलगायतले देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
 

यसैगरी खोटाङ जिल्लमा पनि १६  औँ गणतन्त्र दिवस ३ दिन मनाइदैछ । जेष्ठ १४ गते रक्तदान कार्यक्रम गरी मनाइयो , आज जेष्ठ १५ गते सरसफाइ अभियानका साथ विविध कार्यक्रम गरी मनाइदैछ भने जेष्ठ १६ गते अन्तर माविस्तरीय गणतन्त्र शिर्षकमा वक्तृत्वकला प्रतियोगिताका साथ मनाइने गणतन्त्र दिवस समारोह समिति खोटाङले जनाएको छ ।

 

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा डढेलोका कारण एक वृद्धको ज्यान गएको छ...

हलेसीन्युजडेस्क,खोटाङ / कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी...

हलेसीन्युजडेस्क, खोटाङ कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति...

Horoscopes Icon

All Horoscopes