सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २१, २०८०, Nepal

Image

सर्वोच्चको अल्पकालिन आदेशबाट नागरिकता ऐन तत्काल कार्यान्वयनमा रोक


हलेसीन्युजडेस्क, खोटाङ

राष्ट्रपति रामचन्द्र पौडेलबाट गत जेष्ठ १७ गते प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आज अल्पकालीन आदेश जारी गरेको हो ।

राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ । त्यस्तै, विपक्षी राष्ट्रपति कार्यालयलगायतका नाममा कारण देखाउ आदेश पनि जारी गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणिकरण गर्नुभएसँगै संवैधानिक प्रश्नहरु उव्जिएका छन् । अघिल्लो संघीय संसदका दुवै सदनबाट पारित भएका विधेयकहरु तत्कालिन राष्ट्रपतिबाट संविधानले तोकेको १५ दिनभित्र प्रमाणिकरण नभएमा त्यो विधेयक कहिलेसम्म प्रमाणिकरण गर्न सकिने भन्ने स्पष्ट व्यवस्था संविधानमा छैन । 

यस अगाडिका संघीय संसदका दुवै सदनले पारित गरेर तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी नागरिकता विधेयकलाई प्रमाणीकरणका लागि पहिलोपटक २०७९ साउन १५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको थियो । भण्डारीले विधेयक प्राप्त भएको १५ औं दिन साउन २९ मा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सन्देशसहित संसदमा फिर्ता पठाउनुभयो् । त्यसपछि उक्त दुवै विधेयकलाई संघीय संसद्ले पुनः हुबहु पारित गरेर २०७९ भदौ २० मा राष्ट्रपतिसमक्ष पठाएको थियो ।

तत्कालीन राष्ट्रपति भण्डारीले दोस्रोपटक पनि उक्त विधेयक प्रमाणिकरण नगरेर संसदबाट कुनै विधेयक पारित भएर आएमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने व्यवस्थाअनुसार काम नगर्दा उक्त विधेयक त्यसै थन्किएर रहेको थियो ।

प्रतिनिधि सभाको दोश्रो निर्वाचन पछि नयाँ राष्ट्रपतिले अहिले सोही थन्किएर रहेको विधेयकलाई स्वीकृत गर्नुभएको छ । संविधानमा दुई पटक पारित भएर आएको विधेयक १५ दिनभित्र प्रमाणीकरण भएन भने के गर्ने भन्ने व्यवस्था छैन । तर, राष्ट्रपति पौडेलले संविधानमा नै नभएको व्यवस्था हुँदा पनि प्रमाणीकरण भएपछि संसद र सडकमा पनि विरोध भइरहेको छ । साथै संविधानको प्रावधान विपरित राष्ट्रपतिबाट विधेयक स्विकृत भएको भन्दै राष्ट्रपतिको उक्त कदमको कानुनी चुनौती सर्वोच्चमा दिइएको थियो ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको र सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको विधेयकमा नेपालभित्र फेला परेको पित्तृत्व र मात्तृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबुदुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने लगायतका प्रावधान थिए ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको थियो । नयाँ ऐनअनुसार विभिन्न जिल्लामा नागरिकता वितरणको काम हुनै लाग्दा सर्वोच्चले कार्यान्वयनमा अल्पकालिन आदेशद्धारा रोक लगाएको हो ।

सर्वोच्च अदालतको आदेश यस्तो छ -----

 

 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

हलेसीन्युजडेस्क,खोटाङ आज देशैभरि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन...

अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल...

हलेसीन्युजडेस्क, खोटाङ आज चैत्र शुक्ल नवमी अर्थात राम नवमी । चैत्र...

हलेसीन्युजडेस्क, खोटाङ जिर्ण र साँघुरो ओतमा जेनतेन जिन्दगी कटाउदै आएका वृद्ध...

६ जिल्लामा पशुसम्बन्धी भेटेरिनरी अस्पताल खोल्ने, विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने...

Horoscopes Icon

All Horoscopes