सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २९, २०८०, Khotang

Image

लामो समयपछिको वर्षाद / कृषकहरुको छुट्टा छुट्टै प्रतिकृया


हलेसीन्युजडेस्क, खोटाङ

लामो समय पछि सघन पानी परेकोले खोटाङका कृषकहरु खुशी भएका छन् । खेतवारीमा लगाएका मकैवाली लगायत कृषिजन्य वोट विरुवाहरु खडेरीका कारण सुक्न थालेको वेला आइतवार अपरान्हदेखि सघन पानी परेपछि खोटाङका कृषकहरु खुशी भएका हुन ।

 

लामो समयदेखि वर्षाद नहुदा तराई मात्र होइन उच्च पहाडी क्षेत्रमा समेत अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गैरहेको थियो । आइतवार पानी परेपछि गर्मी केही घटेको स्थानीय बताउछन् । बाराहापोखरी गाउँपालिका सिन्ताङका दलबहादुर बस्नेत हिजो परेको पानी कृषकहरुका लागि सञ्जिवनी वुटी झैँ भएको बताउनुहुन्छ । वाराहाका विदुर श्रेष्ठको पनि उस्तै भनाई छ ।

यस्तै जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का लामो समय पछि पानी पर्नाले खेती किसानका लागि ठूलो राहत मिल्नुका साथै सुख्खा गर्मीका कारण उव्जिन थालेको विभिन्न रोगहरु कम हुने आशा पलाएको बताउनुहुन्छ । सोही गाउँपालिका–२ वोपुङका नारदमणि राई आइतवार परेको पानीले किसानहरुलाई ठूलो राहत पुगेको भन्नुुहुन्छ । 

न्तेढुङ्गा गाउपालिका–१ कुलावाँधकी गंगा थापा पनि आइतवार पानी पर्नाले खपि नसक्नु गर्मी घटाएर सहज भएको बताउनुहुन्छ । ‘सुख्खा खडेरीले धुलो उडेर बसिनसक्नु थियो । पानी परेपछि शान्त छ । मकै विरुवा र सागसव्जिलाई पानीले थुप्रो प्राण दियो’–उहाँ भन्नुहुन्छ, ‘वाँझा खेत जोत्न पनि सहज भयो ।’– एकैचोटी पानी पर्नुको खुशी व्यक्त गर्नुहुन्छ उहाँ । ‘आज पनि धुम्म धाम्म छ । हिजो जस्तै इमानी पानी परिदिए हुन्थ्यो ।’–भगवानसँग प्रार्थना गर्नुहुन्छ ।

अत्यधिक वर्षादका कारण केही स्थानमा साना तिना पहिरो र भूक्षय भएको खवरहरु पनि प्राप्त भएका छन् । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, काफ्लेगाउँका फवन कटुवाल भने भिषण पानी पर्नाले मकैको विरुवालाई सोतर पारेर लडाएको गुनासो पोख्नुहुन्छ । आठ वर्ष पछि यति ठूलो पानी परेको उहाँ भन्नुहुन्छ । ‘बाटोघाटो भत्काएर हिडिसक्नु छैन’– हलेसी एफएमसँग कुरा गर्दै उहाँ भन्नुहुन्छ,– ‘तै पानी परेर आश पनि जगाएको छ । मकै विरुवाहरु त विस्तारै उठिहाल्छन् ।’

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई लामो समय पछि आएको वर्षादले किसानहरुलाई ठूलो राहत पुगेको बताउनुहुन्छ । कतै भलवाढी पहिरोले क्षति त पुराएन भन्ने प्रश्नमा हाल सम्म त्यस्ता रिपोर्ट आइनसकेको भन्नुहन्छ । 

यसैवीच सदरमुकाम आसपास र अन्य ग्रामिण सडकहरुमा वर्षादले प्रसस्त क्षति पुराएको जानकारी प्राप्त भएका छन्।


 

हाल देशमा  पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइन्छ ।

आज  सोमबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमवीदको भनाइ छ । कोशी  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको थोरै स्थानहरूमा वर्षादको संभावना रहेको बताइन्छ ।

त्यस्तै मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “रातेकाईंला”ले दिक्तेल रूपाकोट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

Horoscopes Icon

All Horoscopes