सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ३०, २०८०, Khotang

Image

दोश्रो पटक वर्षाद भयो / डढेलो र आगलागीको सन्त्रासबाट राहत / केही ठाउँमा चट्याङबाट क्षति


हलेसीन्युजडेस्क, खोटाङ

मनसुन दोश्रोपटक सकृय भएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा विहीवार अपरान्हदेखि आंशिक बदली भै केही ठाउँमा वर्षाद भएको छ ।

खोटाङका केही भागमा असिना पानी परेको छ । केही ठाउँमा चट्याङ परेर क्षति पुराएको खवर प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानं. १५ विजयखर्कस्थित साविक वडा नं. ४ वसेरीका चक्रप्रसाद ढुंगानाको एकहल गोरु विहीवार राती ८ वजेतिर परेको चट्याङबाट बाँधिएकै ठाउँमा मरेको जानकारी प्राप्त भएको छ । सोही ठाउँका चेवन ढुंगानाको टिवी र अन्य विध्युतीय सामानहरुमा क्षति पुगेको समेत जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सुख्खा मौसम र हावाहुरीका कारण जंगल तथा बस्तिमा डढेलो र आगलागीको प्रकोप वढिरहँदा मनसुन परिवर्तनसँगै वर्षाद भएपछि मानिसहरुले थप राहत महसुस गर्दैछन् । यध्यपि हावाहुरी र असिना पानीबाट फलफूलमा लाग्दै गरेको फूलहरु झरेपछि किसानमा चिन्ता थपिएको बुझिन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes