सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ८, २०८०, Nepal

Image

पहिरोका कारण विभिन्न भागमा जोखिम / दुधकोशीमा जलसतह सतर्कता पार, सजग रहन आग्रह

 

हलेसीन्युजडेस्क, खोटाङ /

आज दिनभरी देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भैरहेछ । कोशी, मधेश, बागमती, गण्डकी , लुम्विनी  प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा जारीे छ । काठमाण्डौँ उपत्यकामा पनि केही समयको अन्तरमा दिनभरी नै हल्का तथा मध्यम वर्षा जारी रह्यो ।

        

           

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको कारण देशभर सामान्यदेखि पूर्ण बदली रही  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

निरन्तरको वर्षादले सडकका विभिन्न भागहरुमा पहिरो झरी याातायात अवरुद्ध बनेको छ भने कतिपय पहाडी भूभागहरुमा पहिरोका कारण वस्ति जोखिममा परेको समाचारहरु प्राप्त भैरहेका छन् ।

यता खोटाङका विभिन्न स्थानमा निरन्तर परेको वर्षादका कारण वस्तिका घरहरु जोखिममा परेको समाचार प्राप्त भएको छ । हलेसीतुवाचुङ नगरपालिका वडा नं.७ महादेवस्थानमा ५ घरहरु पहिरोको खतरामा परेको छ । महादेवस्थानका स्थानीय कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर केसी, कमानसिं रार्ई, केशव परियार र दिपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घर माथिबाट आएको पहिरोको कारण उच्च जोखिममा परेको स्थानीय सञ्चारकर्मी टिवन राईले जनाउनुभएको छ । त्यसैगरी वधशालाको चेकवाल पूर्णरुपमा भत्किएको छ ।

पहिरोका कारण घर जोखिममा परेपछि नगरपालिकाबाट त्रिपाल लगायतका सामग्री लगेर पानी तर्काउने कोशिस गरिएको छ ।  

यसैगरी मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो धस्किएर सडक अवरुद्ध बनेको समाचारहरु प्राप्त भैरहेकाछन् । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा सडक जाम हुन पुगेको जनाइएको छ । सडक पुरिदा यातायात अबरुद्ध भएपछि कैयौँ यात्रीहरु अलपत्र बन्नपुगेका थिए ।

स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ मञ्जिल मुकारुङले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गकोे बीचमा पर्ने भँडारे खोला, सोखु खोला लगायतका अन्य ठाउँहरुमा पनि साना ठूला पहिरो धस्किएर यात्रा कष्टकर बन्न पुगेको थाहा भएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिकाको खार्तम्छा र फेदी जोड्ने सडकमा पहिरो खस्दा यातातात बन्द भएको छ । त्यही सडक भएर पारिपट्टी रहेको कुहुँडाँडा मावि जाने विद्यार्थीलाई सडक बन्द भएपछि वारीपट्टी रहेको शुक्रजित माविमा पढ्ने वातावरण मिलाइएको थियो ।

दुधकोशीमा जलसतह सतर्कता पार, सजग रहन आग्रह

निरन्तरको वर्षादका कारण दुधकोशी र सुनकोशीको तटीय क्षेत्रमा स्थानीयलाई सजगता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । शुक्रवार विहान ३.३० वजे दुधकोशी नदी रभुवावजार वाढीमापन केन्द्र ओखलढुङ्गामा जलसतह सतर्कता पार गरेको कारण सो आसपासका नागरिकहरुलाई सजगता अपनाउन विभागले आग्रह गरेको हो ।

 

 

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

Horoscopes Icon

All Horoscopes