सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ३०, २०८०, Diktelrupakotmajhuwagadi

Image

मनसुनको शुरुवाती दिनमा सतर्क रहन दिरुम नगरप्रमुख भट्टराईको अनुरोध


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेलरुपाकोट मझवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले नगरवासीलाई मनसुन आगमनको शुरुवाती दिनहरुमा सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । मौसमविदका अनुसार जेष्ठ ३० गतेदेखि मनसुन शुरु हुने आँकलन गरिएको भन्दै नगरप्रमुख भट्टराईले मंगलवार आफ्नो सामाजिक सञ्जालमार्फत नगरवासीलाई आ आफ्नो घर वरिपरि नाली काटी सचेत भै बाढी पहिरो जस्ता प्राकृतिक विपतीबाट जोगिन अनुरोध गर्नुभएको हो ।

जेष्ठ २८ गते वेलुकीपख परेको मुसलधारे पानीबाट नगरको विभिन्न वडाका ठाउँठाउँमा भूस्खलन हुने, घर टहरा, मतान गोठ तथा कच्चि सडक भत्किएर ठूलो क्षति भएको प्रति दुःख व्यक्त गर्दै नगरप्रमुख भट्टराईले नगरको तर्फबाट तत्काल राहत उपलव्ध गराउने वचनवद्धता प्रकट गर्नुभएको छ ।

हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहेको छ । बुधबार÷बिहाबारदेखि नेपालमा मनसुन भित्रिने सम्भावना रहेको मौसविद् रोजन लामिछानेले सञ्चारमाधयम मार्फत जानकारी दिनुभएको छ । मौसम विज्ञान विभागले जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मान्ने गर्छ ।

कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

रातिपख भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तरुण दल जिल्ला कार्य समितिका सदस्य सुचन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाभित्रका जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा दिक्तेल बहुमुखी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका स्थानीय वासिन्दा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

Horoscopes Icon

All Horoscopes