सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ५, २०८०, Rawabesi Rum

Image

रावाखोलामा वाढी आउँदा अलपत्र परेको ट्याक्टरको यसरी गरियो उद्धार

  
हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको राँवाबेसी गाँउपालिका स्थित रावाखोलामा  अचानक आएको भिषण वाढीका वीच अलपत्र परेको ट्याक्टरको उद्धार गरिएको छ । स्थानीय कककुमार रार्ईको  ट्याक्टर खोलामा बालुवा भर्ने क्रममा अकस्मात माथिबाट आएको भिषण बाढीले घेरिएर खोलाको वीचमा अलपत्र पर्दा रावावेशी गाउँपालिका अध्यक्ष फटिकुकमार श्रेष्ठ, अस्थायी प्रहरी चौकी हरमटारका सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सोमवार राती करिब ११.३० वजे उद्धार गरिएको अध्यक्ष फटिककुमार श्रेष्ठले हलेसी एफएमलाई जानकारी दिनु भयो  ।

रावावेशी गाउँपालिका १ कुभिण्डेमा रहेको रत्नराज्य आधारभुत बिध्यालयको  भबन मर्मतका लागि आवश्यक पर्ने वालुवा लिन रावाखोलामा गएको ट्याक्टरसँगै चालक र सहचालक अकस्मात खोलामा वाढी आउँदा विचल्लि परेका थिए । पालिका अध्यक्ष श्रेष्ठ तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा  कक्कुमारकै जेसिभि प्रयोग गरी विचल्लि परेका चालक, सहचालक तथा ट्याक्टरलाई खोलाबाट बाहिर निकालिएको थियो ।

यो वेला वाढी पहिरोबाट सबै सचेत रहनु पर्ने कुरामा जोड दिदै अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ -‘यति बेला सबै तिर बाढी पहिरोको जोखिम छ । राँवाबेसी गाँउपालिकाका जानताहरुलार्ई सावधानी रहन अनुरोध गर्छु । वाढी पहिरो कतिखेर आउछ केही भन्न सकिँदैन । चीन, अमेरिकाले त यी ठाउँमा बाढी पहिरो आउँछ भनेर पहिला नै भन्न सकेको छैन । हामी त बरू तीन दिन पहिलै यी ठाउँहरूमा भारी वर्षाको सम्भावना छ, सचेत हुनु है भन्छौँ, सचेत हुने आधार नै ठूलो कुरा हो ।’ उहाँको गुनासो छ -‘वर्षेनि बाढी पहिरोबाट ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । तर यसको रोकथामको लागि राज्यबाट ठोस योजना अझै बन्न सकेको छैन ’
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes