सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ८, २०८०, Khotang

Image

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित / निर्वाचनमा संस्थापनइतरको वर्चस्व स्थापित

 

हलेसीन्युजडेस्क, खोटाङ

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा अध्यक्षमा संस्थापन पक्षबाट  कुवँरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । कुवँरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित रहनुभयो ।

त्यसैगरी संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी अयोध्याप्रसाद यादवले ३३६ मत प्राप्त गरी पराजित हुनुभयो  ।  दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापन इतरबाट दाङका गणेशबहादुर केसी र सुनसरीका ज्योति कोइराला विजयी हुनुभयो । केसीले ४३८ मत पाएसंगै कोइरालाले ४१८ मत हासिल गरी विजयी बन्नुभयो । खुल्ला उपाध्यक्षमा दुवैले संस्थापनपक्षका ध्रुवचन्द्र गौतम र शंकर लामिछानेलाई पराजित गर्नुभएको थियो । 

एक महिला उपाध्यक्षमा राधिका कुइकेल खनालले ३९२ मत ल्याएर जित हासिल गर्दा संस्थापनबाट भगवती खड्काले ३४३ मत पाउनुभएको थियो । उपाध्यक्ष सेवातर्फ संस्थापन इतरबाट नेत्रविक्रम थापा, ललितबहादुर श्रेष्ठ विजयी बन्नुभयो ।  उपाध्यक्षको अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट संस्थापन इतरका राजेश पालिखे विजयी हुनुभयो । महासचिवतर्फ विराटनगरका अजयकुमार राई विजयी बन्नुभयो । संस्थापन इतरबाट निर्वाचित भएका राईले ४६४ मत हासिल गर्दा प्रतिद्धन्दी डीपी अर्याल ३३७ मतमा सीमित हुनुभएको थियो । 

उपमहासचिवतर्फ संस्थापन इतरका जनार्दन भट्टराई र बलदेव तामांग विजयी हुदाँ संस्थापनतर्फका रञ्जन थापा र राममंगल प्रसाद यादव पराजित बन्नुभयो । महिला उपमहासचिवमा सुशीला घिमिरे, उपमहासचिव सेवा क्षेत्रतर्फ देवदत्त बडु, उपमहासचिव उत्पादन क्षेत्रमा संस्थापनतर्फका कुलबहादुर खड्का, उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रुकमणि थापा विजयी हुनुभयो ।  कोषाध्यक्षतर्फ संस्थापन इतरका सञ्जय दाहाल विजयी बन्नुभयो । सहकोषाध्यक्षमा संस्थापनकी गीताकुमारी लामिछाने विजयी हुनुभयो । 

संस्थापन र इतर समूहबाट प्रतिस्पर्धा भएको निर्वाचनमा अध्यक्ष कुँवर, एक उपमहासचिव र ७ सदस्य मात्रै संस्थापन तर्फबाट निर्वाचित भएका छन् ।

८ सय ८७ मतदातामा निर्वाचनमा ८ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes