सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

असाड ९, २०८०, Nepal

Image

देशभरी मनसुनको प्रभाव / जोखिम क्षेत्रमा सावधानी अपनाउन जरुरी


हलेसीन्युजडेस्क, खोटाङ

जेठ ३१ गतेदेखि यो वर्षको मनसुन नेपाल भित्रिएसँगै वर्षाद शुरु भएको छ । मनसुनको शुरुवातसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । आषाढ पहिलो हप्ता सिद्धिएसँगै मनसुन देशभर फैलिएको हो । नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेको बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदूई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा भीषण वर्षा भइरहेको छ। यी क्षेत्र भएर बहने नदीहरूको सतह बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले आज र भोलि महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने भएकाले  महाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह  गरेको छ ।
मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू–क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

मनसुन शुरु भएपछि परेको भारी वर्षादका कारण आएको वाढी पहिरोले कोशी प्रदेशका पहाडी जिल्लाहरु अत्यधिक प्रभावित बने । ती स्थानहरुमा  ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्घारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

Horoscopes Icon

All Horoscopes