सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १४, २०८०, Diktelrupakotmajhuwagadi

Image

फूलैफूलको पहाड बनाउने अभियान जारी / मझुवागढी कालिका देविस्थान वरिपरि वृक्षारोपण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझवागढी नगरपालिकामा हरिशयनी एकादशीसँगै  राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा विभिन्न जातका  वृक्षारोपण   गरिएको छ  ।  आज असार १४ गते  हरिशयनी एकादशी तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका-५ स्थित ऐतिहासिक एवं धार्मिक स्थल मझुवागढी कालिकादेविस्थान वरिपरि विभिन्न प्रजातिका फूल र अन्य विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख डिएफओ पशुपति दाहालले बताउनुभयो ।

गत वर्ष पनि गढी र कालिकादेविस्थान क्षेत्रमा  फूल र विभिन्न जातका विरुवाहरु रोप्दै सो क्षेत्रलाई फूलैफूलको पहाड बनाउने संकल्प गरिएको थियो । नगरपालिकाले आगामी वर्षको वजेट र कार्यक्रम आषाढ ९ गते प्रस्तुत गरिदा मझुवागढी तथा कालिका देविस्थानलाई फूलैफूलको पहाडको रुपमा प्रवर्द्धन गर्दै त्यहाँको शौन्दर्यकरणलाई जोड दिइएको छ ।

फूलैफूलको पहाड बनाउने अभियान अन्तर्गत आज पनि अत्यधिक फूलहरुको विरुवा मझुवागढी कालिका देविस्थान क्षेत्रमा रोपिएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य राजेन्द्र राई बताउनुहुन्छ ।

दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, डिभिजन वन कार्यालय खोटाङ, सशस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेल, जिल्ला प्रहरी कार्यालय खोटाङ, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल खोटाङ, देविस्थान सामुदायिक वन उपभोक्ता समूह मिलेर स्थानीयवासीहरुको सहयोग र सहकार्यमा  दिक्तेलरुपाकोट मझुवागढीनगरपालिका स्थित कालिका भगवति देवीस्थान मन्दिर जाने बाटोमा करिब २५० भन्दा वढी बिभिन्न जातका बिरुवा रोपिएको देविस्थान सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष जयनारायण कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा जाकाराण्डा, असारे, तेजपात (सिन्की), धुपी, बेलपत्र गरी करिब १५ देखि २० प्रकारका बिरुवाहरु रोपिएका छन्  । 

वृक्षारोपण कार्यक्रममा नगरपालिकाका तर्फबाट वडा नं. ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नं. १ का वडाध्यक्ष नवराज राई, डिभिजन बन कार्यालय खोटाङका प्रमुख डिएफओ पशुपति दाहाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ मन्जिल मुकारुङ, सशस्त्र प्रहरी बलका प्रनाउ कृष्ण बम, सहायक प्रजिअ पवित्रप्रकाश  शाह, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य राजेन्द्र राई, देविस्थान सामुदायिक वन उपभोक्त समूहका पदाधिकारी, सदस्यहरु लगायत स्थानीयवासीहरु सहभागी रहनु भएको थियो । 

आज  हरिशयनी एकादशीको दिन घर घरमा  सबैले तुलसीको बिरुवा सार्ने गर्छन । बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसीको बोट विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्दै आएको छ । एकादशीका अवसरमा आज बिहानैदेखि बिभिन्न विष्णुको मठ मन्दिरमा भक्तजनहरुको ठुलो मात्रामा चाप पनि रहेको पार्ईन्छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

Horoscopes Icon

All Horoscopes