सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष २१, २०८०, खोटाङ

Image

दिरुम नगरपालिका र करुणा फाउण्डेशन वीच सम्झौता


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउन्डेसन नेपालवीच अपांगता रोकथाम तथा पुनःस्थापना सञ्चालन सम्बन्धि सम्झौता भएको छ । अपांग क्षेत्रमा काम गर्दै आएको करुणा फाउन्डेसन नेपाल र दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकावीच जीवनस्तर उकास्न शिक्षा र स्वास्थ्यमा सहयोग गर्न आज दुई पक्षीय सम्झौता भएको नगर प्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनु भएको छ । 

कोशी प्रदेश सरकार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फाउण्डेसनको संयुक्त लगानीमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । सम्झौता अनुसार २०८० माघ १ गतेबाट २०८३ पुस मसान्तसम्म कार्यक्रम लागू हुने जनाईएको छ । यस वीचमा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य उपचार र सहायक सामग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामाजिकीकरण, सशक्तिकरण जस्ता कृयाकलापहरु नगरपालिका÷पालिकाभित्र रहेका अपांगता भएका व्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख गरिएको छ । 

फाउन्डेसनले यो कार्यक्रम खोटाङ जिल्लाका दश वटै स्थानीय तहमा सम्झौता हुने र यसअघि बराहापोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पनि  यही कार्यक्रमको सम्झौता गरिसकेको बुझ्नमा आएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले निर्देशिका जारी गरेर शुरु भएको यस कार्यक्रम हालसम्म प्रदशेका ९० वटा स्थानीय तहहरुमा सञ्चालन भइसकेको छन् । यो कार्यक्रम थप भएसँगै अपांगता भएका व्यक्तिलाई सशक्त बनाउन मद्दत पुग्ने फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरको  भनाइ रहेको छ । सम्झौतासंगै अपांगता भएका व्यक्तिको पहिचान गरी गाउँघरमै पुगेर परिचयपत्र वितरण गर्ने, राज्यले दिएको सेवा सुविधा उपलब्ध गराउने लगायतको काम नगरपालिकाले  गर्ने नगर प्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भयो । 

यसैवीच कार्यक्रमका अवसरमा आज फाउन्डेसनको तर्फ बाट ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीबाट  खरीद गरिएको वाद्यवादनका सामाग्रीहरु  दिक्तेलमा रहेको साईनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । पछि दुई थान गितार दिनेगरी आज तीन थान गितार, १ थान हार्मोनियम, एकवटा तवेला, बाँसुरी एक दर्जन, सारंगी र किवोर्ड एक–एकवटा  गरि  १ लाख ९६ हजार ६ सय २० रुपैँया बराबरको समाग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

 

 

 

 

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes