कार्तिक १३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका–४ का वडाध्यक्ष अर्जुन कुमार कटवाल लामो समयदेखि अमेरिका गएर वडाको काममा व्यवधान सिर्जना भएको कारण विकल्पको रुपमा अर्को व्यवस्था गरी निकास र आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउने निर्णय भएको छ । वडा अध्यक्षको विकल्पका लागि नागरिकबाट चर्को दबाव आउन थालेपछि साकेला गाउँपालिकाको हालै बसेको कार्यपालिका वैठकले निर्णय गर्दै वडाध्यक्षको विकल्पको रुपमा अर्को व्यवस्था गर्न माग गरेको हो ।
वडा अध्यक्ष कटवाल २०८० माघ महिनादेखि नै गाउँपालिका र वडा कार्यालयमा उपस्थित नभई अमेरिकामा बसोबास गर्दै आउनुभएको बताईन्छ ।
कार्यपालिका वैठकको निर्णयमा भनिएको छ –“स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) ग (६) मा वडाध्यक्षले आफू वडामा अनुपस्थित हुने अवस्थामा वडा समितिको कुनै जिम्मेवारी तोक्दा सो को जानकारी गाउँपालिका अध्यक्षलाई दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाको विरुद्ध वडाध्यक्ष कटवाल अमेरिकामा बसोबास गर्दै आएको तर बसोबासको यकिन ठेगाना थाहा नभएको र निजले पदबाट राजिनामा समेत नदिएको हुँदा निजको लामो समयको अनुपस्थितमा गाउँपालिका÷वडा कार्यालयको कामकाजमा परेको असरको स्थायी समाधान गर्नका लागि निजलाई वडा कार्यालयमा उपस्थित भई नियमित कामकाजमा फर्काउने वा निजको विकल्पको रुपमा अर्को व्यवस्था हुने सम्बन्धमा निकास तथा आवश्यक कारवाही गर्ने सम्बन्धमा निर्वाचन आयोग, जिल्ला प्रशासन, जिल्ला समन्वय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाउने निर्णय गरिएको छ ।“
वडाध्यक्ष कटवालको कारण साकेला गाउँपालिका वडा नं.४ मात्तिमबासी नागरिक समाज, राजनैतिक दल लगायत स्वयम निजको पार्टी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु समेत आक्रोशित बनेका छन् । उनि विरुद्ध सर्वदलिय समितिको भेलाले निर्णय गरेर अमेरिका गएका वडाध्यक्षलाई कारवाही गरि वैकल्पिक व्यवस्था अपनाउन गत बुधबार वडा नम्बर ४ को वडा कार्यालयमा तालाबन्दी गरिएको थियो । कटवाल विरुद्ध आन्दोलनमा उत्रिएका सर्वदलीय समिति पक्ष र गाउँपालिकाबीच भएको छलफल पश्चात वडाध्यक्षको विकल्पका लागि थप आवश्यक कानूनी प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई पहल गर्ने सहमति जुटेपछि शुक्रबार तालाबन्दी खोलिएको थियो ।
वडाध्यक्ष कटवाल गैरजिम्मेवार बनेर नागरिकको समस्याबाट पन्छिएको विषयमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले आन्दोलनरत पक्षसँग भएको सम्झौता अनुसारको प्रकृया अघि बढाईएको बताउनुभयो । उहाँ भन्नुहुन्छ—‘लामो समयदेखि वडाध्यक्ष कटवाललाई अमेरिकाबाट फर्किएर वडाबासीको काममा लाग्न र उनि निर्वाचित नेकपा माओवादी केन्द्रको नेतृत्व मार्फत अध्यक्षलाई फर्काउने वातावरण तयार गर्न मैले व्यक्तिगत तर्फ बाट समेत पटक–पटक पहल र ताकेता गर्दै आएको थिएँ, वडाध्यक्षले जनभावना अनुसार काम नगरेको भनि वडाबासीहरुको जनगुनासो आईरहेको अवस्थामा आवश्यक प्रकृया अघि बढाउनका लागि सम्बन्धित निकायमा बुझिनै रहेको थिएँ ।’ अध्यक्ष राईले अगाडि थप्नुभयो –‘वडाध्यक्षको विकल्पको लागि विधि र कानून बमोजिम कार्यालयको तर्फबाट प्रकृया अघि बढाउने निर्णय भएको छ, यस सम्बन्धमा चाँडै नै निकास निस्कन्छ ।’
तत्कालका लागि वडा अध्यक्षको विकल्पमा नागरिकहरुको समस्या समाधान गरि सहजता प्रदान गर्नका लागि गाउँ कार्यपालिकाको वैठकले जेष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्ने गरि निर्णय गरिएको पालिका श्रोतले जनाएकोछ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !