सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ५, २०८१, Khotang

Image

दिरुम नगरपालिकाका मेयर भट्टराई र अष्ट्रेलियन राजदुत जन्सटनवीच भेटवार्ता

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदुत लिअन जन्सटनका वीच नगरपालिकाको स्वास्थ्य क्षेत्रका साथै विभिन्न विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भेटघाट तथा छलफल भएको थाहा भएको छ । काठमाण्डौँ बाँसवारीस्थित राजदुतावासमा अशोज ४ गते शुक्रवार भएको भेटघाट कार्यक्रममा नगरप्रमुख भट्टराई तथा अष्ट्रेलियाका राजदुत जन्सटनवीच नगरपालिकाका स्वास्थ्य तथा विकास निर्माणका विविध विषयमा गम्भिर छलफल भएको जनाइएको छ ।

दुतावासको तर्फबाट नगरप्रमुख भट्टराईलाई आमन्त्रण गरी आयोजना गरिएको सो भेटघाट कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत वडा नं. १० पाथेकाको स्वास्थ्य चौकीलाई १ थान पोर्टेवल भिडियो एक्सरे मेशिन उपलव्ध गराईको छ । स्वास्थ्य चौकीमा भिडियो एक्सरे गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु रहेकोले सो मेसिनको सदुपयोग गर्न सकिने र यसबाट स्थानीयहरु लाभान्वित हुने नगरप्रमुख भट्टराईको भनाइ छ । 

भेटघाटबाट राजदुत जन्सटन प्रभावित हुनुभएको र नेपाल सरकारको कुटनैतिक सिमाभित्र रहेर नगरपालिकाको तर्फबाट नगरको विकासमा साझेदारी गर्न राखिएको प्रस्तावमा राजदुत जन्सटनले आफ्नो तहबाट गर्न सकिने सहयोगका लागि सकारात्मक रहेको प्रतिकृया दिनुभएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / विध्यालय व्यवस्थापन समिति गठन शुन्तले—खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं....

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २८ दिने...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

Horoscopes Icon

All Horoscopes