कार्तिक ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका वडा नम्बर ४ मात्तिमको वडाध्यक्ष अर्जुन कुमार कटवाल लामो समयसम्म कार्यालयमा अनुपस्थित भएको भन्दै वडा कार्यालयमा लगाईएको ताला सहमतिमा खोलिएको छ । वडाध्यक्ष कटवाल अमेरिका गएर लामो समयसम्म नफर्किएपछि जनताले सास्ती पाएको भन्दै सर्वदलीय/सर्वपक्षीय अगुवाईमा बुधबार वडा कार्यालयमा लगाइएको तालाबन्दी अशोज ९ गते शुक्रवार वडाध्यक्ष विरुद्ध कानूनी प्रक्रिया अघि बढाउने गाउपालिकाका जनप्रतिनिधि र आन्दोलनरत पक्षवीच सहमति भएपछि वडा कार्यालयमा लगाईएको ताला खुलाईएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईसँग आन्दोलनरत पक्षको फोन सम्पर्कमा वडाध्यक्ष कटवाललाई कार्यालयको तर्फबाट थप आवश्यक कानूनी प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई पहल गर्ने सहमति भएसँगै गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई तथा आन्दोलनरत पक्षको तर्फबाट संयोजक कृष्णप्रसाद भट्टराई, स्थानीय राजनीतिककर्मी गोपिकृष्ण खड्का, प्रहरी प्रशासनको तर्फबाट वरिष्ठ प्रहरी नायव निरिक्षक सुरेश लामा सहित राजनैतिक दलका प्रतिनिधिहरुले सोही बमोजिम उल्लेख गरी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
वडाध्यक्ष कटवाल निर्वाचित भएपछि २०७९ सालमा पनि अढाई महिना अमेरिका रहेर स्वदेश फर्किनुभएको थियो । दोश्रो पटक २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका गएको कटवाल हालसम्म फर्किनुभएको छैन । स्थानीयका अनुसार वडाबाट दैनिक रुपमा सम्पादन गर्नुपर्ने विकास निर्माण, प्रशासनिक र सेवाग्राहीको काम रोकिएर सेवाग्राहीले दुःख पाइरहेका छन् । नौ महिना बित्दा पनि वडाध्यक्ष कट्वाल वडामा नफर्केपछि बाध्य बनेर बुधवार सर्वदलीय सर्वपक्षीय अगुवाइमा वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।
पूर्ववडाध्यक्ष भट्टराइ भन्नुहुन्छ –‘वडामा ताला लगाउनु रहर होइन वाध्यता थियो । कम्तिमा पनि जिम्मेवारी पूरा नगर्ने जनप्रतिनिधिका विरुद्धमा कानूनी प्रकयाबाट समाधान खोजिने भएपछि ताला खोलिएको हो ।’
गत स्थानीय तहको निर्वाचनमा कटवाल नेकपा माओवादी केन्द्रका तर्फबाट साकेला गाउँपालिका वडा नं. ४ मात्तिमको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
[यो पनि-वडाध्यक्षको विदेश पलायनबाट आजित मात्तिमे जनताले वडा कार्यालयमा गरे तालावन्दी ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !