सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र २७, २०८१, Khotang

Image

साकेलाको एउटै वडाका चार स्थानमा शिविर सञ्चालन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा सरकारी सेवाको उपभोग गर्नबाट वञ्चित नागरिकहरुलाई लक्षित गरि टोलस्तरीय घुम्ती शिविरको आयोजना गरिएको छ । गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र वडा नं. १ वडा कार्यालय बाँझेच्यानडाँडाको आयोजनामा भाद्र २५ गते मंगलवार र भाद्र २६ गते बुधवार दुई दिन सम्म विभिन्न टोलमा पुगेर सञ्चालन गरिएको शिविरबाट नागरिकले सहज रुपमा सरकारी सेवाको उपभोग गर्न पाएका हुन् । 

दुई दिने टोलस्तरीय घुम्ती शिविरबाट साकेला–१ बाँझेच्यानडाँडाका एक हजार बढी नागरिकले सेवा लिएका वडाध्यक्ष हेमन राई बताउनुहुन्छ ।

आफ्नै टोल–टोलमा सञ्चालन भएको शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत राजश्व र स्वास्थ्य परीक्षणको सेवा पाएपछि नागरिकहरु उत्साहित भएको उक्त वडाका वडाध्यक्ष राईको कथन छ । नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ उक्त वडाको सेखुवा, बाँझे, डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
घुम्ति शिविरबाट ३६० जनाले सामाजिक सुरक्षा भत्ताको लागि नवीकरण सेवा उपभोग गरेको, ४३० जनाले वर्षौदेखि नतिरेको मालपोत कर शिविरस्थलमै बुझाएको र ४२० जना बढीले स्वास्थ्य परीक्षण जाँच गराएको बताईएको छ । 

भौगोलिक विकटताका कारण स–सानो काम गर्न पनि दिन माया मारेर वडा कार्यालय सम्म धाउनु पर्ने नागरिकको समस्यालाई मध्यनजर राखेर शिविर सञ्चालन गरिएको हो । शिविरमा शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था मिलाईएको थियो । सामान्य प्रकारका सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उक्त वडाले जानकारी दिएको छ ।

नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा पालिकाको सेवा पुर्याउने कोशिष गरिरहेको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल–टोलबाटै प्रदान हुने उहाँको भनाई छ । 

‘हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ ।’ प्रमुख राईले भन्नुभयो– ‘सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट चाँडै नै मुक्त गराउनेछौं ।’
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

हलेसीन्युजडेस्क, खोटाङ / प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जिल्लास्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

Horoscopes Icon

All Horoscopes