सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष २९, २०८०, खोटाङ

Image

दिक्तेलका मेयरको नयाँ अभ्यास

                                   
हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफू बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा कार्वाहीको लागि  मुद्दा हाल्ने व्यक्तिलाई नै सम्मान गरेर नेपालमा नै नयाँ अभ्यास गर्ने कोशिस गर्नुभएको छ । 

आइतबार नगरपालिकामा नगरपालिकाको नियमित पत्रकार सम्मेलनको अवसर पारेर मेयर भट्टराईले आफ्नो विरुद्ध उजुरी हाल्ने विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिका सञ्चालक अभिषेक कर्णलाई फूलमाला लगाइदिदै खुशी साथ सम्मान दिदै एउटा नयाँ अभ्यासको शुरुवात गर्नुभयो ।

२०७५ सालमा अस्पतालचोकदेखी खानीडाँडा–आहाले सडक खण्ड निर्माणको काम  डेढ वर्षमा पुरा गर्ने गरी जिम्मा लिएता पनि निर्माण व्यवसायीले काम अलपत्र पारेका थिए । गत वर्ष स्थानीय नागरिकले बजारक्षेत्र भित्रै काम अलपत्र पारी निर्माण व्यवसायी फरार हँुदा वर्षादको समयमा हिलोको कारण हातमा जुत्ता बोकेर हिड्नु पर्ने भएको र रुग्ण आयोजनाको रुपमा रहेको सो सडकको काम गराउनका लागि व्यवसायीसँग जमानी बसेर मेयरको रु.१५ लाख वरावरको व्यक्तिगत चेक मार्फत रड, सिमेन्ट लगायतका सामान लगेको तर भाकामा पैसा तिर्न नसकेका कारण व्यवसायीले मेयर भट्टराई विरुद्ध उजुरी हालेको थियो । 

व्यवसायीले हिम्मतका साथ जनताद्वारा प्रत्यक्ष निर्वाचित शक्तिशाली मेयरका विरुद्ध मुद्दा हाल्ने आँट गरेको भन्दै उजुरी हाल्ने व्यक्ति अभिषेक कर्णलाई माला लगाएर नगरपालिकाको कार्यालयमै सम्मान गरेको देखेर उपस्थित पत्रकार तथा जनप्रतिनिधि नै आश्चर्य चकित भएका थिए । 

नेपाली काँग्रेस खोटाङका उपसभापति समेत रहेका मेयर भट्टराईले आफूविरुद्ध मुद्दा हाल्नेलाई दण्डित होइन, फूलमाला लगाई सम्मान गरेर लोकतान्त्रित संस्कृति देखाएको भन्दै उहाँको प्रशंसा भएकोछ । अस्पतालचोक–खानीडाँडा–आहाले सडक खण्ड कालोपत्रेको जिम्मा लिएको याक्तुहाङ÷साप÷सिरुवा जेभीका प्रोपाइटर शिवप्रसाद चौलागाईंले आर्थिक मन्दी भएको कारण देखाउँदै आफूले बजेट निकासा गर्ने अवस्था नरहेकोले १० दिनको लागि पसलमा बाँकी सामान उपलव्ध गराई दिन पटकपटक अनुरोध गरेको मेयर भट्टराई बताउनुहुन्छ । पसलले बाँकी सामान नदिने भनेपछि मेयर भट्टराई स्वयं जमानत बस्दै कन्सल्ट प्रालिलाई रु.१५ लाखको चेक दिएर सडक ढलानको सामान लगिएको स्थानीय समाजसेवी प्रकाशकुमार श्रेष्ठले हामीलाई बताउनुभयो । नागरिकको हित र विकासलाई मध्यनजर गर्दै रूग्ण योजना बचाउन मेयर भट्टराईले गरेको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो । 

२०८० साल असार ९ गते रु.१५ लाखको चेक काटेका मेयरको खाता प्रालिले पटक–पटक चेक गर्दा पैसा नभएपछि र १० दिनका लागि जमानी बसेर ६ महिना बितिसक्दा समेत पैसा नतिरेपछि व्यवसायी आजित भएर २२ षौषमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मेयर भट्टराईका विरुद्ध उजुरी हालेका थिए । 

भट्टराईको जमानतबाट विल खोटाङ हलेसी कन्सल्ट प्रालिको नाममा सडक निर्माणको लागि रु.१५ लाख, र रु.रु.२ लाख ५० हजार बाँकी रकम जेभीका प्रोपाइटर चोलागाईंले २४ पौषसम्ममा १५ लाख दिएका कारण ‘ब्ल्याङ्क चेक’ काटेका भट्टराई कारवाही हुनबाट जोगिनुभएको छ ।

उहाँलाई खाली चेक काटेको अभियोगमा बैंकिङ कसुुर तथा सजाय निर्धारण ऐनको दफा २०६४ को दफा ९३० को उपदफा (ग) बमोजिमको कसुर, सोही ऐनको दफा १५ बमोजिम सजाय हुने, बिगो तिर्नुपर्ने, बिगो बराबरको जरिवाना तिर्नुपर्ने र कैद सजायसमेत हुने थियो ।

पत्रकार सम्मेलनमार्फत भट्टराईले भने– ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै सानो ठूलो सबैले न्याय पाउनुपर्छ र अन्याय गर्ने जोसुकै तहको होस् दण्डको भागिदारी हुनुपर्छ । अन्यायमा परेका व्यवसायी कर्णले लोकतन्त्रको उपयोग गर्दै नगरपालिकाका मेयरलाई उजुरी दिनुभएकोमा हार्दिक धन्यवाद दिन्छु । यस घटनाले अन्याय गर्ने सानो होस् वा ठूलो जो कोही पनि दण्डित हुनेछन् भन्ने कुराको पुष्टि गरेको छ । ’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु.२१ करोड १ लाख ८८ हजार लागतमा पूरा गर्नेगरी १०.७९ किलोमिटर सडक निर्माण सम्पन्न भए सदरमुकाम दिक्तेलबाट रेग्मीटार जोडिने यो सडक पूर्वी शहर आवतजावतका लागि नागरिकलाई ठूलो सहुलियत हुनेमा दुईमत छैन । नगरपालिकाको चर्को दबावका कारण निर्माण व्यवसायी बाध्य भई हाल यो सडक खण्डको काम धमाधमरुपमा अगाडि बढिरहेको छ । 

मेयर भट्टराईले उजुरीकर्तालाई बोलाई माला लगाउँदा अभिषेक कर्ण स्वयं अलमलिंदै माफी मागिरहेको दृष्य अनौठो देखिन्थ्यो । मेयरको यो प्रस्तुतिले उजुरीकर्तालाई अभियुक्त ठानी दण्डित गर्ने हाम्रो संस्कृतिलाई चुनौति दिँदै सहनशिलताको महत्वलाई झल्काई रहेका थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes